केकेआर-का कप्तान रहाणेको आईपीएलमा ५००० रन पूरा

IMG-20250508-WA0156

काेलकत्ता: काेलकत्ता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेले चेन्नई सुपर किंग्सविरुद्ध बुधवार काेलकत्ताको ईडन गार्डन्समा खेलिएको म्याचमा ३३ बलमा ४८ रन बनाए। म्याचमा उनको टीम २ विकेटले पराजित भए पनि रहाणेले एउटा खास उपलब्धि हासिल गरे। अर्द्धशतकबाट वञ्चित हुने रहाणेले यस म्याचको अवधि आईपीएलमा आफ्नो ५००० रन पूरा गरे। रहाणे केवल १८२ वटा ईनिंग्समा यस आँकड़ालाई हासिल गर्ने लीगका नवौं ब्याटर बने। मुम्बईका दाहिने हातका यस ३६ वर्षीय क्रिकेटरले २००८-मा मुम्बई इण्डियन्सको साथ आफ्नो आईपीएल करियरको शुरुवात गरेका थिए। त्यसपछि राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, राइजिंग पुणे सुपर जाइण्ट्स, केकेआर र चेन्नई सुपर किंग्स जस्ता ६ वटा फ्रेञ्चाजीको निम्ति खेल्दै उनले आफ्नो अनुकूलनशीलता र निरन्तरताको परिचय दिए।
आईपीएलमा सर्वाधिक ८५०९ रन बनाउने रेकर्ड रोयल च्यालेञ्जर्स बेंगलुरुका ब्याटर विराट कोहलीको नाममा रहेको छ। यस सूचीमा मुम्बई इण्डियन्सका रोहित शर्मा ६९२८ रनको साथ दोस्रो स्थानमा रहेका छन्। तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः शिखर धवन (६७६९), डेविड वार्नर (६५६५) र सुरेश रैना (५५२८ रन) रहेका छन्। त्यसपछि एमएस धोनी (५४०६), एबी डीभिलियर्स (५१६२) र केएल राहुल (५०६४ रन) रहेका छन्। क्रिस गेलको नाममा ४९६५ आईपीएल रन रहेको छ। रहाणेलाई विशेषगरी राजस्थान रोयल्ससँग उनको असाधारण प्रदर्शन र कप्तानीको निम्ति याद गरिन्छ। वर्तमानमा केकेआर-का कप्तान रहाणे जारी सीजनमा आफ्नो टीमको निम्ति शीर्ष रन स्कोरर हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement