सीएसके-को रोमाञ्चक जीतले केकेआर समस्यामा

IMG-20250508-WA0002

काेलकत्ता: आईपीएल २०२५-को ५७औं म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)-ले गत सीजनको च्याम्पियन काेलकत्ता नाइट राइडर्स (केकेआर)-लाई २ विकेटले पराजित गऱ्यो। यस जीतपछि पनि चेन्नई १२ वटा म्याचमा ६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल टेबलको दशौं स्थानमा कायम रह्यो। यसको विपरीत प्लेअफ्-को रेसबाट बाहिर भइसकेको चेन्नईको जीतपछि चाहिँ केकेआर १२ वटा म्याचमा ११ पोइण्ट्सको साथ छैटौं स्थानमा रह्यो। बुधवार ईडन गार्डन्समा टस जितेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो। कप्तान अजिंक्य रहाणेले ३३ बल खेलेर सर्वाधिक ४८ रन बनाए। उनले ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक आन्द्रे रसेलले ३८ र मनीष पाण्डेले ३६ रनको योगदान दिए। रसेलले २१ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। चेन्नईका बलरहरूमा स्पिनर नूर अहमदले सर्वाधिक ४ विकेट लिए। जवाफमा चेन्नईले १९.४ ओभरमा ८ विकेटमा १८३ रन बनाएर म्याच जित्यो। डेवाल्ड ब्रेविसले सर्वाधिक ५२ रन बनाए। उनले २५ बल खेलेर ४ वटा छक्का र त्यति नै चौका लगाए। यसबाहेक शिवम दुबेले ४५ र उर्विल पटेलले ३१ रनको योगदान दिए। यसमा दुबेले ४० बल खेलेर ३ वटा छक्का र २ वटा चौका लगाए जबकि उर्विलले ११ बल खेलेर ४ वटा छक्का र एउटा चौका लगाए। केकेआर-का बलरहरूमा वैभव अरोड़ाले ३ विकेट लिए। हर्षित राणा र वरुण चक्रवर्तीले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement