सिलगढ़ी: पश्चिम बंगालका उत्तर भागमा अवस्थित सिलगढ़ी नजिक मंगलवार भारतीय वायु सेना (आईएएफ)-को चेतक हेलिकप्टर सतर्कतास्वरूप खेतमा अवतरण गरेको घटनाले स्थानीय मानिसहरूमा असमञ्जस्यता तथा तनाउको स्थिति उत्पन्न भयो।
तथापि अधिकारीहरूले स्पष्ट पारेका छन्, यो एक सतर्क कदम थियो र यसमा कुनै प्रकराको क्षति भएऩ।
घटना दाबग्राम-द्वितीय ब्लकको ठाकुरनगर क्षेत्रमा भएको हो जहाँ हेलिकप्टर सालुगढ़ा सैन्य अड्डाबाट उड़ेको थियो अनि एक नियमित गस्ती मिशनमा थियो। यो मिशन इण्डियन ओयल कर्पोरेशन लिमिटेड (आईओसीएल)- को भूमिगत पाइपलाइनको निगरानी गर्नको लागि शुरू गरिएको थियो जसलाई सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
एकजना अधिकारीले जानकारी गराए, हेलिकप्टर आफ्नो बेस तर्फ फर्किरहेको बेला पायलटहरूले ककपिटमा चेताउनीको संकेत दिए। त्यसपछि उनीहरूले सतर्कतास्वरूप एक खाली खेतमा अवतरण गर्ने निर्णय लिए। हेलिकप्टरलाई तल झर्दै गरेको देखेर स्थानीय मानिसहरू घटनास्थलमा भेला भए। कतिपयलाई यो हेलिकप्टर सीमा पारिबाट आएको हो भन्ने शंका लाग्यो। तथापि कसैले हेलिकप्टर नजिक जाने प्रयास कसैले गरेनन् र समय छँदै पुलिसलाई सूचना दिए।
सलुगढ़ा र बागडोगरास्थित वायुसेना अड्डाबाट तुरून्त टीमहरू घटनास्थलमा आइपुगे। पुलिसले स्थानीय मानिसहरूलाई स्थिति बारे बुझाए अनि भीड़लाई शान्तिपूर्ण ढंगमा हटाए। त्यसपछि भारतीय वायुसेनाको तकनिकी विशेषज्ञले हेलिकप्टर जाँच गरेर त्यसलाई सुरक्षित उड़्नको लागि उपयुक्त रहेको घोषणा गऱ्यो अनि हेलिकप्टरलाई सलुगढ़ा सैन्य अड्डा तर्फ फर्काइयो।
वायुसेनाका अधिकारीहरूले स्पष्ट पारे, यो आपतकालीन ल्याण्डिंग थिएन जबकि एक नियमित सतर्कता कदम थियो जुन तकनिकी होशियारी अन्तर्गत उठाइएको थियो। हेलिकप्टर वा व्यक्ति कसैलाई पनि कुनै प्रकारको नोक्सान भएको छैन। सतर्कतास्वरूप यसप्रकारको ल्याण्डिंग बेला-बेलामा भइरहन्छ।