सिलगढ़ी: असमदेखि तस्करी गरेर मालदा लगिरहेको ४०५ ग्राम ब्राउन शुगर सहित एकजना युवक पक्राउ परेकाे छ। पक्रा पर्ने युवकको नाम अनुप भट्टचार्य हो जो असम निवासी हो। बुधवार गुवाहाटीबाट आइरहेको एउटा ट्रेनको जाँच गर्दा युवकको ब्यागभित्र ब्राउन शुगर जफ्त भेटियो जसलाई जफ्त गरिएको छ।
सूत्र अनुसार न्यू जलपाईगुड़ी जीआरपी र एसओजीले गुप्त सूचनाको आधारमा गुवाहाटीदेखि आइरहेको एउटा ट्रेनको गहन जाँच गऱ्यो। यस अवधि गुवाहाटीदेखि मालदा गइरहेको अनुप भट्टचार्यलाई संदिग्ध अवस्थामा समातेर उसको ब्यागको जाँच गरियो। युवकको ब्यागबाट ४०५ ग्राम ब्राउन शुगर भेटिएपछि युवकलाई पक्राउ गरियो। जाँचबुझमा युवकले उक्त ब्राउन शुगर असमदेखि मालदा लगिरहेको कुरा स्वीकार गऱ्यो। आरोपीलाई बिहीवार अदालतमा पेश गरिनेछ।