युक्रेनी सेनाले युद्धको २०० दिन पूरा हुनासाथ ठूलो जवाफी हमला शुरु गरेको छ। युक्रेनले २४ घण्टामा रुसको कब्जाबाट २० शहर मुक्त गरेको छ। अहिले दक्षिणी डोनबास क्षेत्र मात्र रुसले ओगटेको छ। युक्रेनी सरकारका प्रवक्ताले सोमबार भने, ‘रुसी सेना खार्किभबाट फिर्ता हुँदैछ। यहाँ, युक्रेनी मोर्चामा रुसी सेनाको नियन्त्रण गुमिरहेको देखेर राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नै घरमा घेरिएका छन्l’ रुसी संसदमा पुटिनको पार्टीका सर्गेई मिरोनोभले गलत निर्णयका कारण रुसी सेनाले युक्रेनी मोर्चामा जित्न नसकेको आरोप लगाएका छन्।
पुटिनका समर्थक मिरोनोभले भने, ‘युक्रेनमा रुसी सैनिक मारिएका बेला आइतबार मस्को दिवस मनाउन आवश्यक थिएनl’ अर्कोतर्फ, सेन्ट पिटर्सबर्ग, नोभोसिब्रस्क र भोल्गोग्रादमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन भएको थियो। रुसी सेनाको समर्थनमा युक्रेनविरुद्ध लडिरहेका चेचेन सैन्य कमाण्डर रमजान कादिरोभले पूर्वी मोर्चामा पराजय ठूलो प्रहार भएको बताएका छन्। रमजानले रुसी कमाण्डरहरूले पुटिनलाई युक्रेनको मोर्चाबारे अन्धकारमा राखेको आरोप लगाएका छन्। रुसी सेनाको बलियो स्थितिबारे पुटिनलाई गलत जानकारी दिइएको छ।
युक्रेनी सेनाले खार्किभलगायत पूर्वी क्षेत्रहरूमा यूएस हार्म मिसाइलहरूका साथ रूसी सेनालाई विनाश गरिरहेको छ। लडाकु जेटबाट निकालिएको यो उच्च गतिको विकिरण विरोधी मिसाइलले २३०० किलोमिटर प्रतिघण्टाको गतिमा दुश्मनको राडरमा आक्रमण गर्छ। अमेरिकाले युक्रेनलाई त्यस्ता १२ सय मिसाइलहरू दिएको छ। रुसी राडार प्रणालीमा हार्म मिसाइलको कुनै प्रतिरक्षा छैन। रुसले युक्रेनविरुद्ध साइबर आक्रमण गरिरहेको छ। पूर्वी मोर्चामा पराजित भएपछि स्तब्ध भएको रुसले रासायनिक आक्रमण पनि गर्नसक्ने विज्ञहरू बताउँछन्। रुसी सेनाले खार्किभमा पानी-विद्युत आपूर्ति आधारहरूमा बमबारी तीब्र पारेको छ। रुसले युक्रेनले मुक्त गरेका शहरहरू छिट्टै आफ्नो कब्जामा लिने दाबी गरेको छ।









