रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

IMG-20250507-WA0282

नयाँ दिल्ली: भारतीय क्रिकेटर रोहित शर्माले तत्काल प्रभावको साथ टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेर सबैलाई चकित पारे। रोहित टेस्ट प्रारूपमा भारतका सबैभन्दा सफल ब्याटरहरूमा एक रहे। उनले ६७ वटा टेस्ट म्याचमा १२ वटा शतक र १८ वटा अर्द्धशतकको साथ ४०.५७-को औसतले ४३०१ रन बनाएका छन्। रोहितले सोशल मीडिया पोस्टमा आफ्नो टेस्ट क्यापको तस्वीर शेयर गरेर लेखेका छन्, म आफ्ना सबै साथीहरूलाई बताउन चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्न्यास लिइरहेको छु। यस प्रारूपमा आफ्नो देशको प्रतिनिधित्व गर्नु गर्वको कुरा हो। तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद। म वनडेमा भारतको निम्ति खेल्न जारी राख्नेछु। भारतलाई आफ्नो कप्तानीमा आईसीसी टी२० वर्ल्ड कप २०२४ च्याम्पियन बनाएपछि रोहितले टी२० इण्टरनेशनलबाट सन्न्यास लिएका थिए। यस ३८ वर्षीय दिग्गज ब्याटरले आईपीएलमा खेल्न चाहिँ जारी राखेका छन्। यसपाली टेस्ट क्रिकेटबाट पनि सन्न्यास लिएपछि उनले अब वनडे इण्टरनेशनलमा भारतको अगुवाई गर्न जारी राख्नेछन्। रोहितले ६ नोभेम्बर २०१३-मा वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पण गरेका थिए। ईडन गार्डन्समा खेलिएको आफ्नो पदार्पण टेस्टमै रोहितले १७७ रन बनाएका थिए। यसपाली उनले सन्न्यास लिएपछि भारतलाई ईंग्ल्याण्ड यात्रामा नयाँ टेस्ट कप्तान प्राप्त हुने तय भएको छ, जुन जून महिना शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement