दार्जीलिङ: नगरबासीले दिएको पाँच बर्षको समय हामी नगरबासीको सेवामा लगाउँने छौ यो मन्तब्य हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसको हो।दार्जीलिङ नगरपालिका उच्च माध्यमिक विद्यालयले आज आफ्नो एक बर्ष गाँठ समारोहको आयोजना गरयो।आयोजित समारोहमा हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डस विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल, भाइस चेयरम्यान याङजी शेर्पा, नगरपार्षदहरू, पालिकाको अधिकारी एंव पूर्व अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भमा अतिथिहरूको बाहुलीद्वारा दीप जलन आदि जस्ता कार्यहरू गरियो।त्यसरी नै अतिथिहरूलाई खदा अर्पण गरियो। आयोजित समोराहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले नगरबासीहरूले दार्जीलिङ नगरपालिकाको सञ्चालनको दाहित्व हामीलाई दिएको छ,नगरबासीहरूले दिएको पाँच सालको समयलाई हामी नगरबासीको सेवा कार्यलाई दिने छौँ। दार्जीलिङ नगरपालिका विद्यालयमा विद्यार्थीमा अध्यान गरेका विद्यार्थीहरू राम्रो राम्रो पदहरूमा आसिन रहेको तिनले बताए। सन १९२२ मा स्थापित भएका दार्जीलिङ नगरपालिका उच्च माध्यमिक विद्यालयले आज एक सय बर्ष पूरा गरेको अवसरमा अजय एवार्डसले चेयरम्यान, भाइस चेयरम्यान, नगरपार्षदहरू साथै स्कूलको शिक्षकहरूलाई बधाई एंव शुभकामना पनि दिए। नगरबासीहरूले हामीलाई सेवा गर्ने मौका दिएको छ अनि हामी यो पाँच बर्षको समय हामी हिटलर भएर होइन जनताको सेवक भएर काम गर्नेछौ एडवार्डसले भने। त्यसरी नै दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेलले आफ्नो सम्भाषणमा दार्जीलिङ नगरपालिका विद्यालयको शिक्षाको स्तर अझ बडाएर लैजाने आफुहरूले सोचेका छौँ तिनले भने। मानव जीवनलाई सफल बनाउँन शिक्षाको महत्व पूर्ण भूमिका रहेको हुन्छ, सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनदेखि यता दार्जीलिङमा बेरोजगारहरूको संख्या दिनप्रति दिन बढदै गइरहेको छ भन्ने तिनले बताए।

दार्जीलिङ नगरपालिका विद्यालयमा शिक्षकहरूको खाली पदहरूमा नियम अनुरूप शिक्षक नियुक्ति गर्ने आदि जस्ता विषयहरूमाथि सम्बन्धित विभागहरूसँग पहल गर्ने काम गर्ने छौ चेयरम्यान पोर्तेलले भने।आजको बर्षगाँठ समारोहलाई रोचक बनाउन विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गएिको थियो।









