खरसाङ: खरसाङको वार्ड नम्बर १९ स्थित स्प्रिङ साइडको उजेरी बस्तीमा रहेको श्री श्री सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धाममा सातकन्या वेलफेयर सोसाइटीद्वारा निर्माण भईरहेको सन्त निवासको आज एक हजार आठ बाबा श्री श्री कालिदास कृष्णनन्द परमहंस महाराजको बाहुलीबाट भूमि पूजा गरेर शिलान्यास गरिएको छ। उक्त सन्त भवनको निर्माण कार्य पूरा भएपछि उपयोगी कार्यको लागि प्रयोग गरिने भएको जानकारी प्राप्त भएको छ। हालमा उजेरी बस्तीको सात कन्या देवी मन्दिर एंव माँ कात्यायनी धाममा गत ४ मईदेखि ९ दिवसीय ३९औं चण्डी महायज्ञ पूजा चालिरहेको छ जुन आगामी १२ मईसम्म चल्ने भएको छ। यसै पूजामा गत वर्ष झैं यसपाली पनि एक हजार आठ बाबा श्री श्री कालिदास कृष्णनन्द परमहंस महाराजको विशेष उपस्थिति रहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सातकन्या वेलफेयर सोसाइटी तर्फबाट बिक्रम प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले बुधबार सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धाममा सन्त भवन निर्माणको लागि १००८ बाबा श्री श्री कालिदास कृष्णनन्द परमहंस महाराजको बाहुलीबाट भूमि पूजा गरेर शिलान्यास गरिएको जानकारी गराएका छन्। उनले यस मन्दिरमा ९ दिवसीय चण्डी महायज्ञ पूजा चलिरहेको जानकारी गराएका छन्।