उच्च माध्यमिक परीक्षामा‌ तीनधारे महानदी समष्टिको उत्कृष्ट परिणाम : प्रकृति दुरारले सर्वाधिक ८१ प्रतिशत ल्याएर समष्टि टप्पर बनिन्

IMG-20250507-WA0239

तीनधारे: यसपालीको उच्च माध्यमिक परीक्षामा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय र महानदी हाई स्कूलको परिणाम राम्रो प्राप्त भएको छ। तीनधारे महानदी समष्टिभित्र रहेको तीनवटा उच्चत्तर माध्यमिक विद्यालयहरुमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली जम्मा २९ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण अनि यसमा ७ जना विद्यार्थीहरु प्रथम दर्जामा उत्तीर्ण भएको प्रधान अध्यापिका रोजीरानी राईले जानकारी दिएकी छन्। उनले बताए अनुसार सातजना प्रथम दर्जामा उत्तीर्ण हुने विद्यार्थीहरुमा कालीमाट्टी निवासी प्रकृति दुरारले सर्वाधिक ८१ प्रतिशत ल्याएका छन्। उनले जम्मा ४०४ अंक प्राप्त गरेका छन् जसमा नेपालीमा ६७, अंग्रेजीमा ७६ र इतिहासमा ६० अंक प्राप्त गरेका छन्। त्यसरी नै दोस्रो सर्वाधिक अंक नरबुङ निवासी प्रजक्ता राईले ल्याएका छन्। उनले ३८८ अंकसहित ७८ प्रतिशत ल्याएका छन्। उनले नेपालीमा ७० र अंग्रेजीमा‌ ७२ अंक प्राप्त गरेका छन्। तीनधारे महानदी समष्टिको महानदी हाई स्कूलबाट यसपाली जम्मा ९ जनामा परीक्षा दिएको जसमा सबैजना उत्तीर्ण रहेका छन् भने २ जना पहिलो दर्जामा उत्तीर्ण भएका छन्। महानदी हाई स्कूलको यो चौथो ब्याज रहेको छ। यसमा घुम्ती चियाबारी निवासी बिनीत भुजेलले ७३.२ प्रतिशत र सिविटार निवासी स्मित छेत्रीले ६३.२ प्रतिशत अंक प्राप्त गरेका छन् भनी शिक्षक प्रमोद खड्काले जानकारी गराएका छन्।‌ तीनधारे महानदी समष्टिको तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको परिणाम प्राप्त हुन सकेन।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement