दार्जिलिङ पुलिसको आयोजनामा विभिन्न स्कूलहरुलाई लिएर खरसाङमा क्विज प्रतियोगिता सम्पन्न

IMG-20250507-WA0236

खरसाङ: दार्जिलिङ पुलिसको आयोजनामा विभिन्न स्कूलहरुलाई लिएर खरसाङमा क्विज प्रतियोगिता सम्पन्न भएको छ। खरसाङको‌ सन्त एन्थोनी स्कूलमा आयोजना गरिएको उक्त क्विज प्रतियोगितामा जम्मा २१ वटा स्कूलहरुले भाग लिएका‌ थिए‌‌। दार्जिलिङ पुलिसको पहलमा रोटरी हिमालयसको संयुक्त आयोजनामा विभिन्न स्कूलहरुलाई लिएर क्लष्टर बी खरसाङमा‌ आयोजित क्विज प्रतियोगितामा सिलगढी, तीनधारे र खरसाङ क्षेत्रका जम्मा‌ २१ वटा स्कूलहरुले भाग लिएका‌ थिए‌। २१ वटामा ६ वटा स्कूलहरु फाइनल राउण्डको लागि चयन भएका थिए। खरसाङमा‌ सम्पन्न क्विज प्रतियोगिताको फाइनल राउण्डसम्म पुगेपछि प्रथम डीपीएस, दोस्रो गोथल्स, तेस्रो जीडी गोयन्का, चौथो सन्त माईकल, पाँचौं बिरला दिव्या र छैंटौं सन्त एन्थोनी भएका छन्। यहाँबाट प्रथम र दोस्रो हुने स्कूलहरुलाई दार्जिलिङमा‌ आगामी 19 मईमा हुने प्रतियोगिताको लागि चयन गरिएको छ। यस क्विज प्रतियोगितालाई क्विज मास्टर उदयमणि प्रधान र टिमले सञ्चालन गरेका थिए।‌ यस कार्यक्रममा दार्जिलिङ पुलिसको तर्फबाट खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनीश शाह, डीएसपी टीडी भोटिया, डीआईओ छवाङ भोटिया, भुषण छेत्री र पासाङ तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

यस क्विज विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एसडीपीओ आईपीएस निरजा अनीश शाहले विद्यार्थी नानीहरुलाई पढाईसितै अन्य ज्ञानका कुराहरु सिकाउन साथै क्रियाशील बनाउने उद्देश्यको साथमा विभिन्न स्कूलका‌ विद्यार्थीहरुलाई लिएर क्विज प्रतियोगिता आयोजना गरिएको जानकारी गराएकी छन्। उनले यस प्रतियोगितामा जम्मा २१ वटा स्कूलहरुले भाग लिएको र यसबाट दुईवटा स्कूलहरु आगामी १९ मईको दिन दार्जिलिङमा हुने प्रतियोगिताको लागि चयन हुने जानकारी गराएकी छन्। उनले यस क्विज प्रतियोगितालाई असल तरिकाले सञ्चालनको लागि क्विज मास्टर उदयमणि प्रधानप्रति आभार प्रकट गरेका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement