खरसाङ: पहाडको गोर्खे छोरा अमन तामाङले सफलतापूर्वक आफ्नो पीएचडी पूरा गरेका छन्। दार्जिलिङ जिल्ला अन्तर्गत रङ्ली रङ्लीयट खण्ड अन्तर्गत जिङ्लाम चियाबारीको सरदारधुरा निवासी अमन तामाङले हालैमा आफ्नो पीएचडी पूरा गरेर आफ्नो परिवार, गाउँ -ठाउँ र जातिलाई नै गौरवान्वित तुल्याएका छन्। उनले विगत चार वर्षदेखि गरिरहेको पीएचडीको कार्य गत वर्ष २०२४ मै पूरा गरे पनि औपचारिक रुपमा यस वर्ष २०२५ मा आएर समाप्त भएको जानकारी प्राप्त भएको छ। उनले आफ्नो पीएचडीको कार्य २०१९-२० मा शुरु गरेका थिए भने यसको समाप्ति लगभग ४ वर्षपछि गत वर्ष २०२४ मा पूरा गरेका थिए भने यस वर्ष २०२५ मा पीएचडी डिग्री प्राप्त गरेको जानकारी प्राप्त भएको छ। जिंगलाम चियाबारीको सरदारधुरा निवासी (हाल तकदाह क्यान्टिमेन्ट बस्दै आएका) पिता बिमल तामाङ र माता कुमारी तामाङको सुपुत्र अमन तामाङले नव नालन्दा महाविरा विश्वविद्यालयबाट आफ्नो पीएचडी पूरा गरेका छन्। उनले आफ्नो पीएचडी तामाङ जातिमा हुने ताम्बा विषयमा रहेको छ। उनको पीएचडीको विषय -‘तामाङ समुदायमा ताम्बाको महत्व र अभ्यास: एक आलोचनात्मक अध्ययन’ (Important and Practice of tamba in Tamang Community : A critical studies’) रहेको छ। उनले आफ्नो पीएचडी नव नालन्दा महाविरा विश्वविद्यालयको डिपार्टमेन्ट अफ् टिबेटन स्डडीसबाट प्रोफेसर डा दिपंकर लामाको छत्रछायाँमा पूरा गरेका छन् भने उनले आफ्नोे पीएचडीको डिग्री काशी हिन्दू विश्वविद्यालयका प्रोफेसर डा दिवाकर प्रधानको बाहुलीबाट प्राप्त गरेका छन्। सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेको जस्तै सानैदेखि पढाईमा अब्बल डा अमन तामाङले आफ्नो प्राथमिक शिक्षा दार्जिलिङको वेस्ट पोइन्ट स्कूलबाट शुरु गरेर माध्यमिक तहसम्मको शिक्षा दार्जिलिङको सन्त रोबर्ट हाई स्कूलबाट अनि उच्च माध्यमिक सम्मको शिक्षा पनि सन्त रोबर्ट उच्चत्तर माध्यमिक विद्यालयबाट अनि स्नातकसम्मको शिक्षा विश्व भारती विश्वविद्यालय शान्तिनिकेतन केन्द्रीय विश्वविद्यालयबाट पूरा गरेका थिए। त्यसरी नै स्नातकोत्तर तहसम्मको शिक्षा विश्व भारती विश्वविद्यालय शान्तिनिकेतन केन्द्रीय विश्वविद्यालयको शिलोशफीबाट पूरा गरेका थिए। आफ्नो पीएचडीको समयमा डा अमन तामाङले राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा रहेको रिसर्च जर्नकहरुतिर पनि लेखहरु प्रकाशित छन्। जस्तै -ज्योतिषशास्त्र, धर्मा स्वामिन आदि। अमन तामाङले आफ्नो पीएचडीको डिग्री प्राप्त गर्नमा सर्वप्रथम आफ्ना पिता भूतपूर्व सैनिक बिमल तामाङ र माता कुमारी तामाङलाई श्रेय दिन्दै धन्यवाद दिएका छन्। उनले आफ्नी पत्नी सुजला खवास (पीएचडी) लाई पनि हरेक पाइलामा साथ दिएकोमा आभार प्रकट गरेका छन् भने तीनधारे महानदी समष्टिको घुम्ती चियाबारी निवासी ससुरा अनरेरी कप्तान श्यामकुमार खवास र सासु जुली खवासप्रति पनि आभार प्रकट गरेका छन्। यसको साथै आफ्नो सफलतामा साथ दिने मोक्तान परिवारका सदस्यहरु क्रमैले भाइ अशेष मोक्तान, दाजु लरेन्सो मोक्तान साथै सम्पूर्ण सदस्यहरुमा आभेन, आमेन, आगु, आशु, दिदी भाइ, बहिनी लगायत सम्पूर्ण परिवारलाई धन्यवाद दिएका छन्।