खरसाङ: भारतीय जनता पार्टीले नवान्न चलो अभियान गर्दै कोलकोता गईरहेको भाजपा कार्यकर्ताहरु र पदाधिकारीहरूलाई रोक्ने प्रयास गरेको र पक्राउ गरिएको भन्दै भाजपा खरसाङले घोर विरोध जनाएका छन्। भिडियो जारी गर्दै भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको सचिव सोनाम लामाले राज्य सरकारको नीति र पुलिस प्रशासनको विरोधमा सबैलाई अघि आउने आह्वान गरेका छन्। लामाले हामी भारतीय जनता पार्टी खरसाङ मण्डल लगायत सबै स्तरबाट घोर विरोध जनाउँदछौं भनी बताएका छन्। सोनाम लामाले राज्यमा तृणमूल सरकारले गरेको भ्रष्टाचारको बंगाल राज्यभरि नै विरोध भईरहेको र भारतीय जनता पार्टीले नवान्न चलो अभियान चलाएको अनि यसै रणनिती अनुसार पहाड़बाट पनि भाजपाको कार्यकर्ताहरू र पदाधिकारीहरू गएको तर प्रशासनले हाम्रो जिल्ला अध्यक्ष लगायत अन्यहरूलाई पुलिस प्रशासन लगाएर गरिएको कार्यको विरोध गर्दछौं भनी बताएका छन्। उनले हिजदेखि शुरु गरिएको नवान्न चलो अभियान अन्तर्गत आज पनि कोलकोतामा पुलिस प्रशासन लगाएर रोक्ने प्रयास गरेको भन्दै यसको भारतीय जनता पार्टी खरसाङ मण्डलद्वारा घोर विरोध जनाएको बताएका छन्। उनले सबैलाई एकसाथ अघि आई दिने अाह्वान् गरेका छन्।










