सचिनदेखि साइनासम्मः ‘अपरेशन सिन्दूर’-को खेल जगतद्वारा सराहना

IMG-20250507-WA0217

नयाँ दिल्ली: पहलगाममा भएको आतंकी हमलाको बद्ला भारतले लिएको छ। भारतीय सेनाले पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीरको ९ वटा आतंकी ठेगानाहरूलाई मिसाइलद्वारा माटोमा मिलायो। भारतीय नागरिकहरू अपरेशन सिन्दूरसँग खुशी छन्। खेल जगतबाट पनि यसलाई लिएर प्रतिक्रियाहरू अघि आएको छ। महान खेलाड़ी सचिन तेन्दुलरदेखि लिएर ओलम्पिक पदक विजेता खेलाड़ीहरूसम्मले यसलाई लिएर प्रतिक्रिया दिएर खुशी व्यक्त गरेका छन्। महान क्रिकेटर सचिनले एक्स-मा लेखेका छन्, एकतामा नीडर, शक्तिमा असीम। भारतको ढाल यसका मानिसहरू हुन्। विश्वमा आतंकवादको निम्ति कुनै स्थान छैन। हामी एक टीम हौं। जय हिन्द। यसरी वीरेन्द्र सहवागले लेखेका छन्, कसैले तपाईंलाई ढुंगाले हिर्काए उसलाई फूलले हिर्काउनु होस् तर गमलाको साथमा। जय हिन्द। पूर्व क्रिकेटर शिखर धवनले लेखएका छन्, भारतले आतंकवादविरुद्ध कार्वाही गऱ्यो। पूर्व क्रिकेटर इरफान पठान र २०१२ लण्डन ओलम्पिककी काँस्य पदक विजेता ब्याडमिण्टन खेलाड़ी साइना नेहवालले लेखेकी छन्, जय हिन्द।
यसरी २००८ बेजिंग ओलम्पिकमा काँस्य पदक विजेता बक्सर बिजेन्दर सिंह र २०१२ लण्डन ओलम्पिकमा काँस्य पदक विजेता योगेश्वर दत्तले पनि अपरेशन सिन्दूरको सराहना गरेका छन्। बिजेन्दरले लेखेका छन्, भारत माता की जय। यसरी योगेश्वरले लेखेका छन्, आतंकवादलाई अब भारतले सहन गर्नेछैन। जय हिन्द, जय जवान। कमनवेल्थ गेम्समा तीनपल्टकी पदक विजेता बबीता फोगाटले पनि अपरेशन सिन्दूरको सराहना गरेकी छन्। चेस खेलाड़ी विदित गुजरातीले लेखेकी छन्, भयानक पहलगाम हमलापछि भारतले अपरेशन सिन्दूरको माध्यमले उचित जवाफ दिएकोमा म खुशी छु। आतंकवादलाई अवश्यै जवाफ दिनु पर्छ। अपरेशनको नाम पनि अति सुन्दर। भारत माता की जय। उल्लेखनीय छ, २२ अप्रेल २०२५-मा कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकी हमला भएको थियो, जसमा २५ पर्यटकहरूको साथमा एकजना नेपालका नागरिकको ज्यान गएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement