यूएफा च्याम्पियन्स लीगः रोमाञ्चक लड़ाइँमा बार्सिलोनालाई परास्त गरी फाइनलमा पुग्यो इण्टर मिलान

photocollage_202557154059245

रोम: चरम रोमाञ्च र उत्तेजनाले भरिएको सेमिफाइनलमा शक्तिशाली बार्सिलोनालाई पराजित गरी इटलीको क्लब इण्टर मिलानले यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको फाइनलमा स्थान बनायो। मंगलवार राति खेलिएको सेमिफाइनलको दोस्रो लेगको म्याचमा इण्टर मिलानले बार्सिलोनालाई ४-३-ले पराजित गऱ्यो। यसअघि बार्सिलोनाको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच ३-३-ले ड्र रहेको हुनाले इण्टर मिलान समग्रमा ७-६-ले विजेता बनेर फाइनलमा पुग्यो। यो च्याम्पियन्स लीगको इतिहासमा संयुक्त रूपले सर्वाधिक गोल भएको सेमिफाइनल चरण हो। यसअघि २०१७-१८ सीजनको सेमिफाइनलमा पनि लिभरपूलले रोमालाई ७-६-ले पराजित गरेको थियो। इण्टर मिलान गत तीन सीजनमा दोस्रोपल्ट फाइनलमा पुग्यो। टीमले त्यसपछि १७ सीजनमा केवल एकपल्ट फाइनलमा प्रवेश गरेको थियो। यसपाली इण्टर मिलानलाई फाइनलमा पुऱ्याउनमा गोलकीपर यान सोमेरले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। स्विट्जरल्याण्डका ३६ वर्षीय गोलकीपरले मंगलवार राति पूरा म्याचमा एकाधिक शेभ गरेर आफ्नो टीमलाई गोल खानदेखि बचाए।
आफ्नो घरेलु मैदान सान सिरो स्टेडियममा ७० हजारभन्दा अधिक समर्थकहरूका उपस्थितिबीच इण्टर मिलानले २८ प्रतिशत पोजेशनको साथ खेल्दै मध्यान्तरसम्म २-०-को बढ़त हासिल गऱ्यो। म्याचको पहिलो हाफमा इण्टर मिलानबाट लौटारो मार्टिनेजले २१औं र हाकान काल्हानोग्लूले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। त्यसपछि बार्सिलोनाले पनि असाधारण पुनरागमन गर्दै ३-२-को बढ़त हासिल गऱ्यो। दोस्रो हाफको खेलमा बार्सिलोनाबाट एरिक गार्सियाले ५४औं, डानी ओल्मोले ६०औं र राफिन्हाले ८७औं मिनटमा गोल गरे। नियमित ९० मिनटको खेल समाप्त हुँदासम्म पनि बार्सिलोना अग्रतामा रहेको थियो तर इञ्ज्युरी टाइमको खेलमा होम टीमले गोल हासिल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्यायो। इण्टरबाट इञ्ज्युरी टाइमको तेस्रो मिनटमा फ्रान्सेस्को असेर्बीले गोल गरे। यसरी नियमित समयको खेल समाप्त हुँदासम्म स्कोर बराबरीमा रहँदा अतिरिक्त समयको खेल भयो, जसमा डाविडे फ्राटेस्सीले ९९औं मिनटमा गोल गरी इण्टर मिलानको जीत सुनिश्चित गरे। रहल समयमा बार्सिलोनाले बराबरी हासिल गर्ने निरन्तर प्रयास गरे पनि कुनै फाइदा भएन। दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेण्ट जर्मेन (पीएसजी)-बीच भिड़न्त हुनेछ। यी दुई टीमबीच खेलिएको पहिलो लेगको म्याचमा पीएसजी १-०-ले विजयी भएको थियो। फाइनल म्याच १ जूनमा म्यूनिखको आलियाञ्ज एरेनामा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement