रवीन्द्रनगर माछा व्यवसायीहरूका लागि सिलगढी नगरनिगमद्वारा नयाँ योजना

17-34-50-23d19aa1-947b-40f0-a272-d176fee7ab79.jpg

सिलगढी: सिलगढीको रवीन्द्रनगर माछा व्यवासायीहरुको लागि नयाँ योजना बनाएको छ। सिलगढी नगर निगमको २१ नम्बर वार्डस्थित रवीन्द्रनगर इलाकामा धेरै समय अघिदेखि माछा व्यवसायीहरूले सड़कको किनारमा माछाको व्यवसाय चलाइरहेका छन्। यसले गर्दा साधरण मानिसहरूलाई आवत-जावत गर्नमा धेरै असुविधा भइरहेको छ। यसैलाई ध्यानमा राखेर मेयर गौतम देवले माछा व्यवसायीहरूका निम्ति स्थायी ठाउँ अनि साधरण मानिसहरूका लागि वैकल्पिक सड़क बनाउने बारे विचार गरिरहेका छन्। आज गौतम देवले नगर निगमका अधिकारीहरूसित रवीन्द्रनगर इलाकास्थित उक्त माछा बजारको निरीक्षण गरे यस अवसरमा तिनले भने, माछा बजार इलाकामा केही जमिन व्यवसायी समितिको अनि केही जमिन नगर निगमको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement