मुम्बई इण्डियन्सलाई ३ विकेटले पराजित गरी गुजरात टाइटन्स शीर्ष स्थानमा

IMG-20250507-WA0002

मुम्बई: वर्षाले बारम्बार वाधा पुऱ्याएको आईपीएल २०२५-को ५६औं म्याचमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई डकवर्थ लुईस पद्धतिद्वारा ३ विकेटले पराजित गऱ्यो। यस जीतको साथ गुजरात ११ वटा म्याचमा १६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी मुम्बई इण्डियन्स १२ वटा म्याचमा १४ पोइण्ट्सको साथ चौथो स्थानमा रह्यो। वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। त्यसपछि लक्ष्यलाई पीछा गर्दै गुजरातले १८औं ओभरको समाप्तिसम्म ६ विकेटमा १३२ रन बनाउँदा वर्षा शुरु भयो। वर्षा रोकिएर खेल शुरु हुँदा गुजरातलाई डकवर्थ लुईस पद्धतिद्वारा १ ओभरमा १५ रन बनाउने लक्ष्य हासिल भयो, जसलाई टीमले थप १ विकेट गुमाएर रोमाञ्चक तरिकाले हासिल गऱ्यो। ओपनर साई सुदर्शन (५ रन)-लाई चाँड़ै गुमाए शुभमन गिलको जोस बटलर र शेरफेन रदरफोर्डसँग पार्टनरशीपको सहायताले गुजरात असल स्थितिमा पुगिसकेको थियो तर पछिबाट जसप्रीत बुमराहको अगुवाईमा मुम्बईका पेस बलरहरूले लगातार विकेट हासिल गरी मुम्बईलाई म्याचमा फर्कायो। गिलले ३ वटा छक्का र एउटा चौकाको साथ ४६ बल खेलेर सर्वाधिक ४३ रन बनाए। यसरी बटलरले ३० र रदरफोर्डले ३८ रन बनाए। गिलले बटलरसँग दोस्रो विकेटको निम्ति ७२ रन अनि रदरफोर्डसँग तेस्रो विकेटको निम्ति ३५ रनको पार्टनरशीप गरे। राहुल तेवतिया ११ रनमा अविजित रहे। मुम्बईका बलरहरूमा बुमराह, ट्रेण्ट बोल्ट र अश्वनी कुमारले २-२ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै खराब शुरुवात मुम्बई इण्डियन्सलाई विल ज्याक्सको अर्द्धशतकले सम्मानजनक स्कोरसम्म पुऱ्यायो। उनले ३५ बलमा ५ वटा चौका र ३ वटा छक्काको साथ ५३ रन बनाए। यसबाहेक सूर्यकुमार यादवले ५ वटा चौकाको साथ ३५ रन र कोर्बिन बशले २२ बलमा २७ रनको योगदान दिए। रोहित शर्मा (७ रन) र रियान रिकेलटन (२ रन)-को ओपनिंंग जोड़ीलाई चाँड़ै गुमाएपछि ज्याक्स र सूर्यकुमारले तेस्रो विकेटको निम्ति ७१ रनको पार्टनरशीप गरी स्कोर ९७ रनसम्म पुऱ्याए। तिलक वर्मा ७ र कप्तान हार्दिक पाण्ड्या १ रन बनाएर आउट भए। गुजरातका बलरहरूमा साई किशोरले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement