१९ वर्षकी युवती जसलाई सबैले पागल भने, कमाइन् करोडौं रुपियाँ

00-Linsay-Donovan

१९ वर्षको उमेरमा एउटी युवती करोडपति बनिन्। अहिले उनी रमाइलो जीवन बिताइरहेकी छिन्। मूल्यको चिन्ता नगरी आफूले जे पनि किन्ने गरेको उनी बताउँछिन्। उनको घर क्षेत्रकै सबैभन्दा ठूलो घर हो। उनीसँग ९० करोडको सम्पत्ति छ। उनको कारको कलेक्सन पनि करोडौं रुपियाँ रहेको छ। यी युवतीको नाम लिन्से डोनोभान हो। अहिले उनी २३ वर्षकी भइन्। लिन्सेले आफ्नो कमाइको पैसा लगानी गर्न थालिन्। उनले धेरै घरहरू किनिन्। लिन्सेको मेरील्याण्ड, संयुक्त राज्य अमेरिकामा जन्म भएको हो। उनको बाल्यकाल गरिबीमा बित्यो। तर १८ वर्षको उमेरमा उनी फ्लोरिडा सरिन्। जहाँ लिन्सेको जीवनमा ठूलो परिवर्तन भयो।

लिन्सेले सामाजिक सञ्जाल चलाएर मोडलिङ गर्न थालिन् र त्यसबाट धेरै कमाउन थालिन्। उनले डेलीस्टारसँग भनिन्, ‘म चारवटा सम्पत्तिको मालिक हुँ। तिनीहरूको हालको मूल्य लगभग ७ मिलियन डलर छl’ पैसा लगानी गर्नु बाहेक, लिन्से आफैं एक भव्य जीवन बिताउँछिन्। उनलाई कारको शौक छ। उनको व्यक्तिगत कारको कुल मूल्य ४ लाख ५० हजार डलर रहेको छ। उनले भनिन्, ‘म घरजग्गा, मेकअप र कपडामा पैसा खर्च गर्छु।’ मैले एक दिनमा सबैभन्दा बढी ४ लाख ५० हजार डलर खर्च गरेकी छु।’ यी सबै सुनाउँदै लिन्सेले त्यो दिन पनि सम्झन्छिन्, जब उनले करिब २ लाख ५० हजार डलरको कार किन्ने इच्छा व्यक्त गरेकी थिइन् र मानिसहरूले उनलाई पागलसमेत भनेका थिए। अहिले यो कार र अरु धेरै महँगो गाडीहरु लिन्सेको घरको पार्किङमा छन्। उनको घरमा एउटा फार्म पनि छ, जहाँ घोडा बस्छ। लिन्सेले आफ्ना कुकुरहरूका लागि छुट्टै पोखरी र शयनकक्ष पनि बनाएकी छन्। लिन्सेले भनिन्, ‘मेरो घर यस क्षेत्रमा सबैभन्दा ठूलो हो। यो घरमा पस्ने बित्तिकै मलाई रानी जस्तो लाग्छ। घरबाट सूर्यास्त पनि धेरै सुन्दर देखिन्छ। म जे पनि किन्न चाहन्छु, मूल्यको चिन्ता नगरी किन्छु। यसले ठूलो भावना दिन्छ। आर्थिक स्वतन्त्रता हुनु अद्भुत छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement