पीआईबीको ‘एक पेड़ मां के नाम’ माथि जागरुकता कार्यक्रम

IMG-20250506-WA0315

गान्तोक: भारत सरकारको केन्द्रीय सञ्चार ब्यूरो (सीबीसी) ले पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकको सहकार्यमा आज तादोङस्थित आँगनवाडी केन्द्रमा ‘एक पेड़ मां के नाम’, ‘पोषण अभियान’ र ‘स्वच्छता ही सेवा’ विषयमा एक अभिमुखी कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सिक्किम सरकारको महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन विभागकी उपनिर्देशक दोर्जी डोमा भोटिया मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। आफ्नो सम्बोधनमा भोटियाले राज्यका सबै नागरिकहरूबीच ‘पोषण अभियान’ र ‘स्वच्छ तथा समृद्ध सिक्किम’ विषय़बारेमा जागरूकता फैलाउन आवश्यक्ता रहेको बताइन्। उनले गर्भवती आमा र स्तनपान गराउने महिलाहरूलाई पोषण आहारमाथि सचेत रहनुपर्ने बताइन्। जसले स्वस्थ बच्चा जन्माउऩ ठूलो सहयोग मिल्ने उल्लेख गरिन्। उनले थप जानकारी गराए अनुसार ‘पोषण अभियान’ को मुख्य उद्देश्य ‘कुपोषण’ लाई रोक्नु हो। सिक्किम एक जैविक राज्य रहेको स्मरण गराउँदै उनले अभिभावकहरूले नानीहरूलाई सानै उमेरदेखि जैविक आहार खुवाउने प्रोत्साहित गरिन्। नानीहरूलाई सानै उमेरदेखि फास्ट फूडको सेवन, मोबाइलको अत्यधिक प्रयोग, चियाकफी जस्ता पेय पदार्थहरूको सेवनबाट टाढा राख्नुपर्ने आग्रह गरिन्। उनले भारत सरकार र सिक्किम सरकारले राज्यका सबैभन्दा दुर्गम क्षेत्रहरुमा पनि पनि महिला, बालकबालिका र दिव्याङ्गका लागि उल्लेखनीय कार्य गरिरहेको बताइन्। यस प्रकारका विषयमा जागरूकता कार्यक्रमका लागि आकाशवाणी गान्तोकलाई धन्यवाद दिइन्। भोटियाले विद्यार्थीहरूलाई ‘विकसित भारत’ मा योगदान दिने प्रोत्साहित गरिन्। यसभन्दा अघि कार्यक्रममा ‘एक पेड मां के नाम’ बारे पीआईबी गान्तोकका सहायक निर्देशक मानसप्रतिम शर्माले जानकारी गराइन्। आकाशवाणी गान्तोककी समाचार वाचिका उषा शर्माले ‘पोषण अभियान’ र ‘एक पेड मां के नाम’ अभियानबारे एक प्रश्नोत्तरी कार्यक्रम सञ्चालन गरिन्। जसमा बालबालिका र अभिभावकहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement