गान्तोक: राजधानीस्थित जिरो पोइन्टमा सञ्चालित स्टेट ब्यांक अफ् इन्डियाले आज सिक्किम सरकारको श्रम विभागलाई तीनवटा मोटरबाइक हस्तान्तरण गऱ्यो। विभागीय सचिव भीम ठटालले मोटरबाइक ग्रहण गरेका थिए। यस अवसरमा श्रम विभागका आयुक्त केआर लिम्बू, अतिरिक्त आयुक्त टाशी वङमु शेर्पा लगायत एसबीआईका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। एसबीआईले सामाजिक दायित्वअन्तर्गत बाइ क प्रदान गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव ठटालले सरकारले हप्तामा एकपटक परम्परागत पोशाक लगाउने निर्णय संस्कृतिको संरक्षणको लागि हो भन्दै यसलाई सम्मान गर्ने सबैमा हुनुपर्ने उल्लेख गरे। उनले थप जानकारी गराएअनुसार विभागले परम्परागत पोशाक अप्नाउनु परम्परालाई संरक्षण गर्ने र युवाहरूमाझ जागरुकता पैदा गर्ने बताए। यसका साथै उनले राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको एक भागको रूपमा विभागद्वारा सञ्चालन भइरहेका कार्यक्रमहरूबारे पनि जानकारी गराए। भवन तथा अन्य निर्माण श्रमिक कल्याणकारी बोर्डअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर शुरु गरिएको जानकारी दिँदै एक मईदेखि नाम्ची जिल्ला अस्पतालको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको बताए।