केन्द्रीय योजनाहरूमा लापरवाही र धाँधलीको भएको प्रदेश भाजपाको आरोप

IMG-20250506-WA0313

गान्तोक: राज्यमा जल जीवन मिशनलगायत अन्य केन्द्र सरकार प्रायोजित योजनाहरू सही ढङ्गामा कार्यान्वयन नभएको भन्दै भारतीय जनता पार्टी सिक्किमले राज्यको एसकेएम सरकारलाई लाखेस गरेको छ। आज राजधानीमा पत्रकारहरूसित कुराकानी गर्दै पार्टीका प्रवक्ता पासङ शेर्पाले सेवा अनि सम्पर्क अभियानअन्तर्गत राज्यका विभिन्न गाउँको भ्रमण गर्ने क्रममा केन्द्रीय योजनाहरूको कार्यान्वयनमा लापरवाही तथा धाँधली बारे आफूहरूलाई जानकारी भएको बताए।
राज्यका धेरैवटा गाउँमा जल जीवन मिशनअन्तर्गत पाइप त जड़ान गरिएको छ तर पानी भने छैन, शेर्पाले भने। यस बारेमा सिक्किम प्रदेश भाजपाले केन्द्र सरकारका सम्बन्धित निकायहरूसित पत्रचार गरिसकेको उनले जानकारी गराए। जल जीवन मिशन मात्र नभएर अन्य विभिन्न योजना पनि सही ढङ्गमा कार्यान्वयन नभएको उनको भनाइ रहेको छ। यी सबै विषयमा छानबिन गर्नको निम्ति प्रदेश भाजपा-ले केन्द्र सरकार समक्ष स्पेशल मनिटरिङ टीम-को माग गरेको पनि शेर्पाले पत्रकारहरूलाई बताए। उनको भानइअनुसार केन्द्र सरकारले चाँड़ै राज्यमा स्पेशल मनिटरिङ टीम पठाउनेछ।
सिक्किम प्रदेश भाजपा-ले राज्यमा विभिन्न कर (ट्याक्स)को अत्याधिक वृद्धिलाई लिएर पनि चिन्ता जताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement