गान्तोक: पश्चिम बंगालको कोलकतास्थित यूनाइटेड स्टेट कन्सुल जनरल काथे गिल्स डायज चार दिवसीय भ्रमणको निम्ति सिक्किम आइपुगेकी छन्। चार दिवसीय भ्रमणमा सिक्किम आएकी डायज आगामी १० मईको दिन कोलकता फर्किने छन्। यस अवसरमा उनले सिक्किम भारतको एक अभिन्न अंग बनेको 50 औं वर्षगाँठको पूर्वसन्ध्यामा आयोजित कुजू सांस्कृतिक उत्सवमा सहभागिता जनाउने करार्यक्रम रहेको छ। यसका उनले साथै राज्य सरकारका विभिन्न विभागीय प्रमुखहरुसँग पनि बैठक गर्ने कार्यक्रम रहेको छ। सिक्किम आउने क्रममा उनलाई आज रम्फूको पर्यटन सुविधा केन्द्रमा विभिन्न विभागका अधिकारीहरूले स्वागत जनाए।