राज्य़मन्त्री मार्गेरेटियाको भ्रमण तयारीलाई लिएर बैठक

IMG-20250506-WA0311

गान्तोक: पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाको अध्यक्षतामा बसेको एक बैठकले केन्द्रीय विदेश मामिला एवं टेक्सटाइल्स राज्यमन्त्री पबित्र मार्गेरेटियाको सिक्किम भ्रमण तयारीबारे छलफल गऱ्यो। बैठकमा भोटियाले राज्यमन्त्री मार्गेरेटियाको भ्रमणबारे जानकारी गराए। उनको भ्रमणको उद्देश्य केन्द्र सरकारद्वारा शुरू गरिएका विभिन्न योजनाहरूको कार्यान्वयनबारे जानकारी लिने रहेको बताए। केन्द्रीय राज्यमन्त्रीले केन्द्र सरकारको योजनाअन्तर्गते राज्यमा निर्माणाधीन परियोजनाहरूको निरीक्षण गर्नेछन्। अतिरिक्त जिल्लापालले सम्वन्धित निकायले निर्माणाधीन परियोजनाको विवरणलाई लिएर पावर पोइन्ट प्रेजेन्टेसन तयारी गर्नुपर्ने निर्देश दिएका छन्। यसबाहेक उनले सम्बन्धित विभागहरूलाई राज्यमन्त्रीको भ्रमणलाई सफल तुल्याउनको निम्ति समन्वय राखेर काम गर्ने सुझाउ दिए। शिक्षा विभाग, स्वास्थ्य तथा परिवार कल्याण विभाग, सामाजिक कल्याण विभागलगायत अन्य कार्यालयहरुको स्थलगत भ्रमण गर्ने जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement