पार्थले च्याटर्जी पाए विधानसभामा नयाँ सिट

Partha-Chatterjee

कोलकाता: पश्चिम बङ्गालका पूर्व मन्त्री पार्थ च्याटर्जी अहिलेघरि जेल हिरासतमा छन्। उनी अब मन्त्री नभई विधायक मात्र हुन्, त्यसैले उनको विधानसभामा सिट बदली भएको छ। उनलाई नयाँ सिट दिइएको छ। उनी मन्त्री हुँदा मुख्यमन्त्रीको छेउमा बस्ने गर्थे। पक्रा परेपछि सरकारले उनलाई मन्त्री पदबाट हटायो। विधानसभा स्रोतका अनुसार पार्थ च्याटर्जीले उपप्रमुख सचेतकको सीट नजिकको सीट पाएका छन्। एक अधिकारीले भनेअनुसार पार्थ च्याटर्जी जेलमा छन्, उनी पहिलेदेखि नै विधायक छन्। अन्य विधायकका साथमा उनको सिट परिवर्तन भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement