प्रसार भारतीले जनसाधारणलाई मनोरञ्जनको लागि ओटीटी प्लेटफर्ममा वेभ एप्स शुरु गरेको जानकारी

IMG-20250506-WA0264

खरसाङ: प्रसार भारतीले जनसाधारणको सुविधाको लागि तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यको साथमा ओटीटी प्लेटफर्ममा वेभ एप्स शुरु गरिएको छ। यस विषयमा आज आकाशवाणी खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी गराइएको छ‌। उक्त पत्रकार सम्मेलनमा आकाशवाणीको निर्देशक अभियन्ता एंव क्लष्टर हेड जितेनकुमार रोय, आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक समन्वयक राजीव सुब्बा, आकाशवाणी सिलगढी एंव दूरदर्शन जलपाईगढीको कार्यक्रम निष्पादक अमीत लम्जेल सार्की उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनलाई वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए। यस पत्रकार सम्मेलनमा निर्देशक अभियन्ता एंव कार्यक्रम प्रमुख जितेनकुमार रोयले प्रसार भारतीद्वारा मानिसहरुको मनोरञ्जनको लागि ओटीटी प्लेटफर्ममा वेभ एप्स शुरु गरिएको जानकारी गराएका छन्‌‌। उनले यसमा १४ वटाभन्दा बेसी भाषाहरुमा मनोरञ्जनका साधनहरु, फिल्म, टिभी शोहरु लगायत ६५ वटाभन्दा बेसी लाइभ च्यानलहरु, रेडियो कार्यक्रमहरू र अन्य रहेको बताएका छन्। आकाशवाणीको अधिकारीहरुले भारत सरकार अन्तर्गत प्रसार भारतीले मनोरञ्जन दुनियाँमा आफ्नो कदम अघि बढाउँदै ओटीटी प्लेटफर्ममा वेभ एप्स शुरु गरिएको जसमा भारतीय मनोरञ्जनका‌ विभिन्न कार्यक्रमहरु हेर्न सकिने साथै फिल्म, टीभी शोहरु लगायत ६५ वटाभन्दा बेसी लाइभ च्यानलहरु र रेडियो कार्यक्रमहरूको मनोरञ्जन लिन सकिने जानकारी गराएका छन्। यस वेभ साइटमा‌ पुरानो फोटोहरु पनि उपलब्ध रहने साथै यो एक पारिवारिक ओटीटी प्लेटफर्म रहेको र सबै प्रकारका उमेर समूहका मानिसहरुले मनोरञ्जन लिन सक्ने नि:शुल्क एप्स रहेको पनि जानकारी गराएका छन्‌। अधिकारीहरुले यो‌ एप्स प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिने जानकारी पनि गराएका छन्। यो वेभ साइटमा १४ वटाभन्दा बेसी भाषाहरुमा कार्यक्रमहरु हेर्न सकिने जानकारी गराएका छन्।‌ एक‌‌ प्रश्नको उत्तरमा अधिकारीहरुले यस वेभ साइटमा‌ नेपाली भाषामा पनि कार्यक्रमहरुका लागि आकाशवाणीको उच्च अधिकारीहरुलाई लिखित रुपमा दिने पनि जानकारी गराएका छन्। उक्त वेभ एप्स विषयमा अधिकारीहरुले डेमोस्ट्रेशन पनि गरेर देखाएका थिए। यस वेभ साइटमा‌ नेपाली भाषामा पनि कार्यक्रमहरु अपलोड गर्नलाई काम गरिने र आगामी दिनमा यसमाथि कार्य गरिने जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement