सिविटारमा नवनिर्मित गुम्बाको अनित थापाको बाहुलीबाट उदघाटन गरिने

IMG-20250506-WA0261

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीमा रहेको साङ्गे टाँशी छ्योलिङ्ग गुम्बाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उदघाटन गरिने भएको छ। सिविटार चियाबारीको कोठीडाँडा-मुन्शी गाउँमा बनिएको उक्त गुम्बाको आगामी 8 मईको दिन जीटीए प्रमुख अनित थापाको बाहुलीबाट उदघाटन गरिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। उनीसितै कार्यकारी सभासद अनोश थापा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पनि विशेष उपस्थिति रहने जानकारी प्राप्त भएको छ। सिविटार चियाबारीको साङ्गे टाँशी छ्योलिङ्ग गुम्बाको स्थापना २०२३ मा भएको थियो भने २०२४ देखि जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण कार्य शुरु गरिएको थियो। अहिले आएर यो गुम्बाको निर्माण कार्य पूरा भएपछि आगामी 8 मईको दिन उदघाटन गरिने भएको छ। उक्त गुम्बाको सञ्चालन समितिमा सभापति फुर्बा तामाङ, उप सभापति प्रेमसिंह लामा, सचिव सुनित तामाङ, कोषाध्यक्ष सुचन पाख्रिन, सल्लाहकारमा नगेन्द्र तामाङ, असीत तामाङ लगायत अन्यहरु रहेका छन्। उक्त गुम्बाको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गुम्बा सञ्चालन समितिको तर्फबाट सल्लाहकारद्वय नगेन्द्र तामाङ र असीत तामाङले स्थानीय सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। दुवैले सिविटारको नवनिर्मित गुम्बाको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिने जानकारी गराउँदै वरिपरिका सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। उक्त गुम्बाको निर्माणले स्थानीयहरु धेरै खूशी रहेको जानकारी गराउँदै ८ मईको दिन गुम्बाको उदघाटनसितै राप्नहे पूजाको पनि आयोजना गरिने जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement