खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुङ सन्त मेरिज समष्टिको नेहुर बालासनमा यसपाली फूलपाती शोभायात्रा आयोजना गरिने भएको छ। यसको लागि नेहुर बालासन डेभलपमेन्ट अर्गनाइजेसनद्वारा सम्पूर्ण बालासनका समाज साथै सेल्फ हेल्प ग्रुप अनि एनजीओहरूलाई लिएर पूरण तामाङको सभापतित्वमा एक सभा सम्पन्न गरेको छ। सभालाई राजकुमार योञ्जनले सञ्चालन गरेका थिए।

सभामा एघारवटा समाजका सभापति, सचिव साथै सेल्फ हेल्प ग्रुपका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै सङ्गठनको तर्फबाट सभापति पूरण तामाङले यो सङ्गठन एक अराजनैतिक संस्था रहेको जनाउँदै यो संस्था गत १७ दिसम्बर २०२० मा स्थापना भएको जानकारी दिए। उनले यस संस्थाको मुख्य लक्ष्य नै सुन्दर बालासन, विकसित बालसन बनाउनु रहेको जनाउँदै उनीहरूले गत ३१ दिसम्बर २०२० को दिन पनि सूचना एवम् सांकृतिक विभाग जीटीएद्वारा एक ठूलो सांकृतिक कार्यक्रम गर्न सफल भएका जनाए। आफ्नो जातिको परम्परा, जात गोष्ठीको वेशभूषा, संकृतिलाई जगेरा गर्न यसचोटि पनि सूचना एवम् सांकृतिक विभागको अगुवाईमा सङ्गठनले कम्मर कसेको तामाङले अवगत गराए। वर्तमान हाम्रा युवा भाई बहिनीहरु नशालु पदार्थको सेवन गरेर नराम्रो बाटोमा हिँड़िरहेका देखेको जानकारी गराउँदै सोनादा थानाद्वारा जनचेतना कार्यक्रम गरिने भएको छ। उनले दशैंको उपलक्ष्यमा नेहुर बालासनमा अागामी २ अक्टबरको दिन भव्य फूलपाती शोभायात्रा आयोजना गरिने अनि यसै कार्यक्रममा यस यस वर्ष माध्यमिक परीक्षा, उच्च माध्यमिक परीक्षा, स्नातक परीक्षा आदिमा टपर गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गर्ने सङ्गठनले निर्णय लिएको सभामा जानकारी गराइयो। यी सबै कार्यक्रमको निम्ति सम्पूर्ण बालासनवासीलाई उपस्थित भएर कार्यक्रमको शोभा बढ़ाइदिने अनुरोध गरियो। गोर्खा जातिको परम्परालाई सुरक्षित राख्न संस्थाको मुख्य लक्ष्य रहेको जानकारी प्रचार प्रसार सचिव राजकुमार योञ्जनले दिएका छन्।










