खरसाङ: सिन्कोना बगानकी छोरी पेलझोम तामाङ डाक्टर बनेकी छन्। मङपू लाब्दा सिन्कोना बगानकी छोरी एमबीबीएस डाक्टर बनेकी छन्।
मङ्पू लाब्दा सिन्कोना बगान निवासी पिता अन्मोल तामाङ अनि माता झुम्के भुटियाकी छोरी पेलझोम तामाङले पश्चिम बंगालको मिदनापुर मेडिकल कलेजबाट हालैमा एमबीबीएस डिग्री हाँसिल गरेकी छन्। डा पेलझोम तामाङले आफ्नो बाल्य शिक्षा मङ्पू सन्तमंगल एकाडेमीबाट लिएकी थिइन् भने आईसीएसई कालेबुङको सप्तहश्री ज्ञानपीठबाट अब्बल दर्जामा उत्तीर्ण गरेकी थिइन्। उनी २०१४ मा स्टुडेन्ट अफ् दी इयर भएकी थिइन्। यसरी डाक्टर ग्राम होम्स(डीजीएस)बाट अब्बल दर्जामा आईएससी उत्तीर्ण गरेकी थिइन्। त्यसरी नै उनलेे मिदनापुर मेडिकल कलेजबाट हालैमा एमबीबीएस डिग्री हाँसिल गरेर डाक्टर बन्न सक्षम बन्दै अभिभावक साथै मङ्पू पहाड र जातिको नाम रोशन गर्न सक्षम भएकी छन्।
मङ्पूकी छोरी डा.पेलजोम तामाङलाई गाउँवासीले हार्दिक बधाई अनि शुभकामना व्यक्त गरेका छन्।