सोनादा: सोनादा पुलिसले ड्रग्स विरोधी अभियानमा अझैं सफलता हात पारेको छ। गत २६ अप्रेलमा सोनादा पुलिसले नाका चेकिङको समयमा ड्रग्ससहित एकजना महिला र पुरुषलाई पक्राउ गरेका थिए भने त्यसैको आधारमा जाँच शुरु गरेर हिजो राती सोनादा पुलिसले ठूलो सफलता हात पारेको छ। हिजो राती सिलगढीको प्रधान नगरस्थित कुलीपाढाबाट ड्रग्स सप्लायर्स सरोज सहानी नामक व्यक्तिलाई सोनादा पुलिसले पक्राउ गरेर सोनादा ल्याएका छन्। आज उनलाई आज एनडीपीएस एक्ट अन्तर्गत कोर्टमा पठाएको जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ सोनादा पुलिसले ड्रग्स विरोधी अभियानमा साथै ड्रग्स ओसार पसार रोक्न धेरै कदम चालिरहेको छ। यसै क्रममा ड्रग्स सप्लायर्स सरोज सहानीलाई सोनादा पुलिसले पक्राउ गर्न सफल बनेको छ। आज तिनलाई एनडीपीएस एक्ट अन्तर्गत दार्जिलिङ जिल्ला स्पेशियल कोर्टमा प्रस्तुत गरिएको थियो। तिनलाई ७ दिनको पुलिस रिमाण्डमा राख्न अनुमति दिइएको जानकारी प्राप्त भएको छ।