एक महिनाको निलम्बन पूरा गरेर आईपीएलमा फर्किन तयार छन् कगिसो रबाडा

IMG-20250506-WA0247

मुम्बई: गुजरात टाइटन्सका कगिसो रबाडा एक महिनाको निलम्बनपछि आईपीएलमा फर्किन तयार छन् अनि फ्रेञ्चाइजीका क्रिकेट निदेशक विक्रम सोलंकीले बताएअनुसार, दक्षिण अफ्रिकाका यस पेस बलरको मनोरञ्जनको निम्ति प्रतिबन्धित दबाईको उपयोगसँग सम्बन्धित सबै प्रक्रियाहरू अक्षारक्षर पालन गरिनेछ। यस साल जनवरीमा एसए२० टुर्नामेण्टमा एमआई केपटाउनको निम्ति खेल्दा मनोरञ्जनको निम्ति प्रयोग गरिने प्रतिबन्धित दवाईको उपयोगको निम्ति रबाडालाई एक महिनाको निम्ति निलम्बित गरिएको थियो। डोप टेस्टमा विफल भएपछि उनलाई एक अप्रेलमा सूचित गरिएको थियो। त्यसको दुई दिन पछि गुजरात टाइटन्सले रबाडा व्यक्तिगत कारणहरूले गर्दा स्वदेश फर्किएको जानकारी दिएको थियो। दक्षिण अफ्रिका ड्रगरहित खेल संस्थान (एसएआईडीएस)-ले सोमवार बताएअनुसार, रबाडाले मादक पदार्थ दुरुपयोग उपचार कार्यक्रम पूरा गरेका छन् अनि अहिले उनी आईपीएलमा हिस्सा लिन उपलब्ध छन्। सोलंकीले वानखेड़े स्टेडियममा टाइटन्सको अभ्यास सत्रको अवधि भने, गत एक महिनामा लिइएको सबै निर्णयहरू र समस्त प्रक्रियाहरूलाई ध्यानमा राखेर उनी मुम्बई इण्डियन्सविरुद्ध खेल्न उपलब्ध रहेको हामी बताउन चाहन्छौं। कगिसोले आफ्नो गल्तीहरूमाथि खेद व्यक्त गरेका छन् अनि अहिले आफ्नो मनपर्ने खेलमा फर्किन उत्सुक छन्। उनले यसबाट शिक्षा लिएका छन् अनि हामी उनलाई अभ्यासमा फर्काउन उत्सुक छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement