हैदराबाद: सनराइजर्स हैदराबादको ब्याटरहरूका अति आक्रामक नीति इण्डियन प्रीमियर लीग (आईपीएल)-को गत दुईवटा सीजनमा चर्चाको विषय रहेको थियो तर यसपाली टीमले त्यस रणनीतिको साथ सकारात्मक परिणाम हासिल गर्न सकेन अनि टीमका मुख्य प्रशिक्षक डेनियल भिटोरीले यसको निम्ति घरेलु परिस्थितिहरू अनुकूल नरहनुलाई जिम्मेवार बताए। सनराइजर्सले गत वर्ष लगभग हरेक म्याचमा २०० भन्दा अधिकको स्कोर बनाएको थियो तर यसपाली ट्रेविस हेड, अभिषेक शर्मा, ईशान किशन र हेनरिक क्लासेन जस्ता प्रमुख ब्याटरहरूले आशानुरुप प्रदर्शन गर्न सकेनन् अनि टीम प्लेअफ्-को रेसबाट बाहिर भयो। दिल्ली क्यापिटल्सविरुद्ध सोमवार खेलिएको म्याच वर्षाले गर्दा रद्द भएपछि भिटोरीले भने, टीमको आक्रामक रणनीतिको समर्थन गरिरहेको मैले कहिले भनेको छुइनँ। मैले परिस्थितिहरूको आकलन गरिरहेको चाहिँ भनेको छु। मेरो विचारमाा यस साल परिस्थितिहरू हामीले आशा गरेको जस्तो थिएन।
भिटोरीले भने, गत वर्ष हामीले हैदराबादको पीचमा विशाल स्कोर भएको म्याचहरू देख्यौं तर यसपाली पीच अलग थियो। यस पीचमा ब्याटिंग गर्नु सजिलो छैन। यसैकारण हामीले परिस्थितिहरू अनुसार खेल्ने कुरा गरेका थियौं। उल्लेखनीय छ, सनराइजर्सले यस सत्रको शुरुवात राजस्थान रोयल्सविरुद्ध ६ विकेटमा २८६ रन बनाएर गरेको थियो। त्यसपछि टीमले अन्य एउटा म्याचमा पञ्जाब किंग्सविरुद्ध २४५ रनको लक्ष्यलाई पनि सजिलै हासिल गरेको थियो। यी दुईवटा म्याचलाई छोड़ेर टीमको ब्याटरहरूले अन्य म्याचहरूमा चमत्कारी प्रदर्शन गर्न सकेनन्। भिटोरीले भने, मेरो विचारमा हाम्रा खेलाड़ीहरू स्वाभाविक रूपले आक्रामक छन्। यस सत्रबाट हामीलाई कुन दिन के गर्नु पर्छ भन्ने निश्चित रूपले शिक्षा प्राप्त भयो। हामीले यहाँ ४ वटा म्याच खेल्यौं, जुन पेस बलरहरूका अनुकूल थियो। बल रोकिएर ब्याटमा आइरहेको थियो। यसैकारण ब्याटिंग गर्नु सजिलो थिएन।