चोटग्रस्त वंशको स्थानमा उर्विल पटेललाई टीममा सामेल गऱ्यो चेन्नईले

IMG-20250506-WA0153

नयाँ दिल्ली: चेन्नई सुपर किंग्सका युवा विकेटकीपर ब्याटर वंश बेदी एउटा म्याच पनि नखेली आईपीएल २०२५-बाट बाहिर भएका छन्। उनको खुट्टामा चोट लागेको छ। फ्रेञ्चाइजीले उनको स्थानमा उर्विल पटेललाई सामेल गरेको छ। उल्लेखनीय छ, २२ वर्षीय वंशले अहिलेसम्म चेन्नईको निम्ति एउटा म्याच पनि खेलेका छैनन्। चेन्नईले चोटग्रस्त वंश बेदीको स्थानमा उर्विल पटेललाई टीमको हिस्सा बनाएको छ। यस २६ वर्षीय ब्याटरले सैयद मुश्ताक अली ट्रफीमा त्रिपुराविरुद्ध २८ बलमा शतक बनाएर सबैको ध्यान आकर्षित गरेका थिए। यो कुनै पनि भारतीयद्वारा बनाइएको सबैभन्दा तेज टी२० शतक हो। यसअघि उनी २०२३ सत्रमा गुजरात टाइटन्स टीमको हिस्सा थिए। चेन्नईले उर्विल पटेललाई ३० लाख रुपियाँको आधार मूल्यमा टीममा सामेल गऱ्यो। चेन्नई सुपर किंग्स अगावै प्लेअफ्-को रेसबाट बाहिर भइसकेको छ। टीम अहिले ११ वटा म्याचमा केवल २ वटा जीतको साथ ४ पोइण्ट्सको साथ पोइण्ट्स टेबलको अन्तिम स्थानमा रहेको छ। टीमको रहल म्याचहरू कलकत्ता नाइट राइडर्स, राजस्थान रोयल्स र गुजरात टाइटन्सविरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement