वर्षाले म्याच रद्द हुँदा सनराइजर्स प्लेअफ्-को दौड़बाट बाहिर

IMG-20250506-WA0128

हैदराबाद: सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच सोमवार राति खेलिएको आईपीएल २०२५-को ५५औं म्याच वर्षाले गर्दा रद्द भयो। म्याच रद्द हुँदा दुवै टीमलाई १-१ पोइण्ट हासिल भयो अनि सनराइजर्स प्लेअफ्-मा स्थान बनाउने दौड़बाट बाहिर भयो। दिल्ली क्यापिटल्स ११ वटा म्याचमा १३ पोइण्ट्सको साथ पाँचौं स्थानमा कायम रह्यो। यसरी सनराइजर्स ११ वटा म्याचमा ७ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। अब टीमले अधिकतम १३ पोइण्ट्स हासिल गर्न सक्नेछ जबकि चारवटा टीमले अगावै १४ या त्यसभन्दा अधिक पोइण्ट्स हासिल गरिसकेको छ। सनराइजर्स आईपीएलको जारी सीजनमा प्लेअफ्-को रेसबाट बाहिर हुने तेस्रो टीम बन्यो। राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स अगावै प्लेअफ्-को रेसबाट बाहिर भइसकेको छ। राजीव गान्धी इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ७ विकेट गुमाएर जसोतसो १३३ रन बनायो। त्यसपछि सनराइजर्सले लक्ष्यलाई खेदो गर्दै ब्याटिंग शुरु गर्न अघि नै वर्षा शुरु भयो, जसले गर्दा म्याच रद्द भयो। यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीको शुरुवात खराब रह्यो अनि एक समय २९ रनमै ५ विकेटको पतन भइसकेको थियो। त्यसपछि ट्रिस्टन स्टब्स र अशुतोष शर्माको असल ब्याटिंगले गर्दा टीमले सम्मानजनक स्कोर बनाउन सक्यो। स्टब्सले ४ वटा चौकाको साथ ३६ बलमा अविजित ४१ रन बनाए। यसरी अशुतोषले ३ वटा छक्का र २ वटा चौकाको साथ २६ बलमा ४१ रन बनाए। सनराइजर्सका बलरहरूमा कप्तान प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement