डोपिंगको प्रतिबन्ध समाप्त भएपछि सिनरले इटालियन ओपनमा खेल्ने

IMG-20250506-WA0049

नयाँ दिल्ली: विश्वका नम्बर एक पुरुष खेलाड़ी यानिक सिनरमाथि डोपिंगले गर्दा लगाइएको ३ महिनाको प्रतिबन्ध सोमवार समाप्त भयो अनि उनी आफ्नो घरेलु टुर्नामेण्ट इटालियन ओपनको साथ खेलमा फर्किन तयार छन्। यस सालको शुरुवातमा लगातार दोस्रोपल्ट अष्ट्रेलियन ओपनको खिताब जितेपछि सिनरले कुनै टुर्नामेण्ट खेलेका छैनन्। त्यसपछि उनले विश्व डोपिंग रोधी एजेन्सी (वाडा)-सँग भएको सम्झौताअन्तर्गत ३ महिनाको प्रतिबन्ध सहनु परेको थियो। इटालियन ओपनको इतिहासमा यसपाली पहिलोपल्ट कुनै स्थानीय खेलाड़ीले विश्वका नम्बर एक खेलाड़ीको रूपमा आफ्नो चुनौती पेश गर्नेछन्। इटालियन ओपन २५ मईदेखि शुरु हुने सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपन अघि अन्तिम ठूलो क्ले कोर्ट टुर्नामेण्ट हुनेछ। सिनरलाई पहिलो राउण्डमा बाई प्राप्त भएको छ। उनले शुक्रवार या शनिवार आफ्नो पहिलो म्याच खेल्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement