नवान्न घेर्न गएका भाजपा नेता शुभेन्दु अधिकारी, लकेट च्याटर्जी पुलिस नियन्त्रणमा  

00-Kolkata

कोलकाता: भाजपाले नवान्नलाई तीनतर्फी घेराबन्दी गर्ने योजना बनाएको थियो। हावडा रेलवे स्टेसनबाट सुकान्तो मजुमदार, संत्रागाछीबाट शुभेन्दु अधिकारी र स्कोइडबाट दिलीप घोष नवान्न आफ्ना कार्यकर्ताहरुलाई लिएर जान लागेका थिए, तर तीनैजनालाई पुलिसले रोक्यो। नवान्न घेर्ने अभियानमा आउँदै गरेको भाजपाको जुलुसलाई रोक्न पुलिसले विशेष सुरक्षा बल तैनाथ गरेको थियो। यस क्रममा भाजपाका नेता शुभेन्दु अधिकारीलाई पीटीएसबाट नियन्त्रणमा लिएको। उनी संत्रागाछी तर्फ जाँदै थिए, तर पीटीएसमा नै रोक्यो। उनीसँगै सांसद लकेट च्याटर्जी र भाजपा नेता राहुल सिन्हा पनि थिए। सबैलाई पुलिसले नियन्त्रणमा लिएको छ। राज्य सरकारविरुद्ध नवान्न घेर्न गएका भाजपा कार्यकर्ताहरूमाथि पुलिसले पानीको वाटर क्यानन प्रयोग गर्‍यो। साथै भीडलाई नियन्त्रण गर्न लाठीचार्ज समेत गरिएको समाचार छ। पुलिसले नियन्त्रणमा लिएपछि शुभेन्दु अधिकारीले बङ्गालमा तानाशाही गरिरहेका आरोप लगाएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement