भारत वनडे र टी२० ऱ्याङकिंगको शीर्षमा, अष्ट्रेलिया टेस्टमा बेस्ट

IMG-20250505-WA0290

दुबई: भारतले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-द्वारा सोमवार जारी नवीनतम वार्षिक पुरुष ऱ्याङकिंगमा आफ्नो अधिपत्य कायम राख्दै वनडे र टी२० इण्टरनेशनलमा आफ्नो शीर्ष स्थान कायम राखेको छ जबकि टेस्ट टीमहरूको ऱ्याङकिंगमा चाहिँ भारत एक स्थान झरेर चौथो स्थानमा पुगेको छ, जसमा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। नवीनतम ऱ्याङकिंगमा मई २०२४ पछि खेलिएका सबै म्याचको दर १०० प्रतिशत र त्यसअघिको २ वर्षको ५० प्रतिशत रहेको छ। वनडे वर्ल्ड कप २०२३-को फाइनलमा पुग्ने भारतलाई वनडे ऱ्याङकिंगमा आईसीसी च्याम्पियन्स जितेको फाइदा पुगेको छ। यसले गर्दा भारतको रेटिंग पोइण्ट्स १२२-बाट बढ़ेर १२४ पुगेको छ। च्याम्पियन्स ट्रफीमा उपविजेता रहने न्यूजील्याण्डले अष्ट्रेलियालाई पछि छोड़ेर दोस्रो स्थान हासिल गरेको छ। अष्ट्रेलिया अहिले तेस्रो स्थानमा रहेको छ। श्रीलंकाले हालका महिनाहरूमा घरेलु मैदानमा असाधारण प्रदर्शन गरेको छ, जसमा भारत र अष्ट्रेलियाविरुद्ध घरेलु वनडे सीरीज जीत पनि सामेल छ। यसले टीमलाई ५ रेटिंग पोइण्ट्सको फाइदा भएको छ अनि उनीरू चौथो स्थानमा पुगेका छन्। श्रीलंकाले पाकिस्तान (एक पोइण्टको लाभ सहित पाँचौं) र दक्षिण अफ्रिका (४ पोइण्ट्सको नोक्सानसहित छैटौं)-लाई पछि छोड़ेको छ। अफगानिस्तान ४ पोइण्ट्सको सुधार गरी सातौं स्थानमा पुगेको छ जबकि पूर्व वर्ल्ड च्याम्पियन ईंग्ल्याण्ड ४ पोइण्ट्स गुमाएर आठौं स्थानमा रहेको छ। वेष्ट इण्डिज ५ पोइण्ट्स हासिल गरी नवौं स्थानमा पुगेको छ। यसरी बंग्लादेश ४ पोइण्ट्सको नोक्सानसहित दशौं स्थानमा रहेको छ।
टी२० प्रारूपमा वर्तमान वर्ल्ड च्याम्पियन भारत शीर्षमा कायम छ तर दोस्रो स्थानमा रहने अष्ट्रेलियामाथि बढ़त चाहिँ १०-बाट घटेर ९ पोइण्ट्स पुगेको छ। पहिलोपल्ट वार्षिक अपडेटमा वैश्विक टी२० ऱ्याङकिंगमा १०० टीमहरूलाई सामेल गरिएको छ। सूचीमा ती सबै टीमहरू सामेल छन्, जसले गत ३ सालमा कम्तीमा 8 वटा टी२० इण्टरनेशल म्याच खेलेका छन्। भारत र अष्ट्रेलियापछि टी२० टीम ऱ्याङकिंगमा ईंग्ल्याण्ड तेस्रो स्थानमा रहेको छ। यसरी न्यूजील्याण्ड, वेष्ट इण्डिज र दक्षिण अफ्रिका क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छ। त्यसपछि श्रीलंका, पाकिस्तान, बंग्लादेश, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाब्वेको नम्बर रहेको छ। यसरी वर्तमान वर्ल्ड टेस्ट च्याम्पियन अष्ट्रेलियाले टेस्ट टीमहरूको ऱ्याङकिंगमा आफ्नो शीर्ष स्थान कायम राखेको छ। अष्ट्रेलियासँग अहिले १२६ रेटिंग पोइण्ट्स रहेको छ। बेन स्टोक्सको कप्तानीमा रहने ईंग्ल्याण्डको टीमले दक्षिण अफ्रिका र भारत दुवैलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गरेको छ। ईंग्ल्याण्डसँग ११३ रेटिंग पोइण्ट्स रहेको छ। दक्षिण अफ्रिका (१११) र भारत (१०५) एक-एक स्थानको नोक्सानसहित तेस्रो र चौथो स्थानमा पुगेको छ। त्यसपछि न्यूजील्याण्ड, श्रीलंका, पाकिस्तान, वेष्ट इण्डिज, बंग्लादेश र जिम्बाब्वे रहेको छ। टेस्ट ऱ्याङकिंगमा अहिले केवल १० वटा टीम रहेको छ। आयरल्याण्डलाई ऱ्याङकिंग हासिल गर्न आउँदो १२ महिनामा अझ एउटा टेस्ट म्याच खेल्नु पर्नेछ जबकि अफगानिस्तानलाई सूचीमा सामेल हुन अझ ३ वटा म्याच खेल्नु पर्नेछ।

About Author

Advertisement