भाजपा कार्यकर्ताहरुलाई पुलिस कार्वाहीको विरोधमा खरसाङमा भाजपा युवा मोर्चाद्वारा पोस्टरिङ

IMG-20220913-WA0119.jpg

खरसाङ: पुलिस प्रशासनद्वारा राज्य सरकारको निर्देशमा कार्वाही गरी भाजपा दार्जिलिङ  जिल्ला पदधिकारि अनि कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको भन्दै यसको विरोधमा आज भारतिय जनता युवा मोर्चा जिल्ला समितिद्वारा  खरसाङ  क्षेत्रमा पोस्टरिङ गरेकोे छ। आज बिहान खरसाङ बजारको मोटर स्ट्याण्ड, पार्क लोकेशन क्षेत्र अनि अस्पताल पाखामा भारतीय जनता पार्टीको युवा मोर्चाद्वारा व्यापक पोस्टरिङ गरिएको छ।

उक्त पोस्टरिङ कार्यमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सदस्य सञ्जय थापा, दार्जिलिङ जिल्ला युवा सचिव राकेश थापा, जिल्ला मीडिया इन्चार्च चन्दन प्रसाद, खरसाङ मण्डल उप सभापति रोमन तामाङ, खरसाङ मण्डल सदस्य सुमन राई आदि उपस्थित रहेका थिए। भारतीय जनता पार्टीको युवा मोर्चाद्वारा गरिएको पोस्टरिङमा – ‘नथाक्नेछौं, नझुक्नेछौं, नजितेसम्म लड्नेछौं, अत्याचारी बंगाल सरकार हाई हाई, भष्टचारी सरकार हाई हाई, धर्ना, प्रदर्शन, घेराव, अनशन, भनेको नागरिकको गणतान्त्रिक अधिकार हो’ जस्ता कुराहरू पोस्टरिङमा लेखिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement