क्याप सिक्किमका नेता आशिष राईमाथि हमला

n6630462551746470364995cee54fead4774b99a3b4aa83cc1b87ea00aaba1968084a6b045c9ae64c0c419c

गान्तोक: सिजिटन एक्सन पार्टी (क्याप) सिक्किमका नेता आशिष राईमाथि आज प्राणघातक हमला भएको छ। हमलामा राई गम्भीर रूपमा घाइते भएका छन्।
क्याप सिक्किमका प्रवक्ता अल्बर्ट गुरुङले यस घटनाको पुष्टि गर्दै आज बिहान ४-५ जना मास्क लगाएका व्यक्तिहरू एउटा वाहनमा आएर राईमाथि हमला गरेको बताए।
यस हमलामा राई गम्भीर रूपमा घाइते भएको र उनको टाउको, हात र खुट्टामा चोट लागेको उनले जनाए।
केही दिन अघि पनि क्यापका अर्का नेतामाथि यसरी नै हमला भएको गुरुङले अवगत गराए र
यस हमलापछि सत्तारुढ़ एसकेएम पार्टीको हात रहेको आरोप लगाए। उनले अहिले घाइते राईलाई अस्पतालमा उपचारको निम्ति ल्याइएको र चॉंडै घटनाको सम्बन्धमा थानामा मामिला दर्ता गर्ने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement