गान्तोक: सिक्किम राज्य सहकारी समितिका अध्यक्ष मंगलजित राईले आज त्रिभुवन सहकार विश्वविद्यालयका उपकूलपति डा. जेएम व्याससँग शिष्टचार भेट गरे।
उल्लेखनीय छ, त्रिभुवन सहकार भारतको पहिलो सहकारी प्रतिष्ठित त्रिभुवन सहकार विश्वविद्यालय हो।
सिकूनका अध्यक्ष राईले भारतको पहिलो सहकारी शिक्षामा समर्पित प्रतिष्ठित त्रिभुवन सहकार विश्वविद्यालयका प्रथम उपकुलपतिको पदमा नियुक्त भएकोमा बधाई दिए। यो ऐतिहासिक कोशेढुङ्गाले भारतमा सहकारी शिक्षाको विकासमा नयाँ अध्याय शुरू भएको संकेत दिएको बताए। यस अवसरमा डा. राईले सिक्किमको आसाम लिङजेको तामला गाउँमा प्रस्तावित उत्तर पूर्व सहकारी उत्कृष्टता प्रशिक्षण केन्द्रको परियोजनाबारे प्रतिवेदन बुझाए। यो केन्द्र विश्वस्तरीय आवासीय छात्रावास सुविधाहरू र आधुनिक सहायक सुविधाहरूले परिकल्पना गरिएको छ, जसको उद्देश्य उत्तर पूर्वी क्षेत्रका ग्रामीण समुदायहरूको जीवन र जीविकोपार्जनलाई रूपान्तरण गर्नु रहेको उनले प्रस्तावमा उल्लेख गरेका छन्।