स्वर्णजयन्तीको अवसरमा राजधानी वरिपरि विभिन्न कार्यक्रम

IMG-20250505-WA0301

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वार्षिकोत्सव तथा स्वर्णजयन्तीको अवसरमा सम्पन्न भइरहेको कुजु कल्चर फेस्टिभलअन्तर्गत आज राजधानीको विभिन्न ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरिएयो। यसै क्रममा राजधानीस्थित जीरो पोइन्टको भानु उद्यानमा संस्कृति विभागको अभिलेख अनि सङ्ग्रहालयले राज्यको भौतिक सम्पदाको संराक्षणार्थ हेतु प्रदर्शनीको आयोजना गरिरहेको छ। यहाँ सिक्किमको पौराणिक भौतिक सम्पदाहरू प्रदर्शनीमा राखेको छ।
राज्यका मुलवासी भोटिया, लेप्चा अनि नेपालीसँग सरोकार राख्ने पौराणिक विभिन्न सामग्रीहरू दैनिकरुपमा प्रदर्शन भइरहेको छ। खानपानको निम्ति प्रयोग गरिने भाँडा बर्तन, औजारहरू अनि अन्य सामग्रीहरूबारे अध्ययन गर्न चाहनेहरूको निम्ति यो प्रदर्शनी अतिनै सहयोगी बन्ने सम्भावना गरिएको छ। यो प्रदर्शनीमा दैनिकरुपमा विभिन्न पाठशालाका विद्यार्थी, आम नागरिक अनि शोधार्थीहरूले भ्रमण गरिरहेका छन्। योसँगै यहाँ अष्ट्रेलिया कन्सोलेट जनरल अनि नेशनल म्युजियम अष्ट्रेलियाले ख्यातिप्राप्त पत्रकारहरूको चित्र पनि प्रदर्शनीको निम्ति राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement