अवैध रुपमा बालुवा बोकेको आरोपमा नक्सलबारी पुलिसद्वारा ट्रयाक्टर जफत

15-51-14-344b3585-d80c-48d3-8bb0-e2028dec2bdf-1024x576.jpg

नक्सलबारी: अवैध रुपमा बालुवा बोकेको एउटा ट्र्याक्टर नक्सलबारी पुलिसले पक्राउ गरेको छ। जानकरी अनुसार पुलिसले गत राती एउटा अभियान चलाएर नक्सलबारीको ताराबारीमा चेङ्गा नदीबाट बालुवा बोकेको एउटा ट्र्याक्टर पक्राउ गरेको छ। तथापि घटनास्थलबाट ट्र्याक्टर चालक लगायत अन्य मानिसहरू अन्ध्यारोको फाइदा उठाएर भाग्यो। ज्ञात रहोस, नदीबाट अवैध रूपमा बालुवा तथा ढुंगाहरू लैजान प्रतिबन्द लगाए तापनि कतिपय मानिसहरूले अवैध रूपमा बालुवा अनि ढुंगाहरू लगिरहेकोले तिनीहरू विरूद्ध पुलिसले लगातार कार्वाही गरिरहेको छ। पुलिस सूत्र अनुसार यस प्रकारको अभियान आगामी दिनमा पनि लगातार जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement