मकैबारी चियाबारीमा श्रमिकहरुको वार्षिक मागपत्र विषय लिएर सभा सम्पन्न

IMG-20250505-WA0242

खरसाङ: भारतीय गोर्खा गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठन हिल तराई डुवर्स प्लाण्टेशन वर्कर्स युनियन मकैबारी शाखाले आज मकैबारी चिया बगान प्रबन्धक सञ्जय दास अनि सहप्रबन्धक तरूण लामा, कुमार राई अनि पेमा लामासँग चिया बगान श्रमिकहरुको वार्षिक मागपत्र विषय लिएर सभा सम्पन्न भयो। चिया श्रमिकहरुको बीस सूत्रीय माग लिएर बसेको सभा लगभग दुइ घण्टासम्म चलेको थियो। चिया बगान श्रमिकहरुको माग प्रायः जस्तो नै प्रबन्धक पक्षले यही वर्ष लागु गराउने वचन दिएको बताइएको छ। यस श्रमिक अनि प्रबन्धकपक्ष माझ बसेको सभामा क्षेत्रीय सभासद कल्पना प्रधान, खरसाङ महकुमा समिति सभापति सागर गुरूङ, महासचिव भक्तिमान तामाङ, कार्यवाहक सचिव बसन्त कुलुङ राई, शाखा सभापति मण्डल छेत्री, सचिव बालचन राई, सहसचिव सञ्जीव छेत्री लगायत शाखाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement