राष्ट्रिय राजमार्ग ११० लाई राष्ट्रिय राजमार्ग पुर्वाधार विकास लिमिटेडमा‌ हालिएकोमा आपत्ति

IMG-20250505-WA0241

खरसाङ: खरसाङको एक होटलमा राष्ट्रिय राजमार्ग ११० प्लाजा सिनेमा हलदेखि गोराबारी आठ माइल ठेकेदार कल्याण समितिको एक जरूरी सभा समितिको सभापति सञ्जीब सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। राष्ट्रिय राजमार्ग ११० लाई राष्ट्रिय राजमार्ग पुर्वाधार विकास लिमिटेड(एन एचआइडीसीएल) ले जिम्मा लिएकोमा समितिले आपत्ति जनाउँदै स्थानीय ठेकेदारमा अन्याय भएको सभामा वक्ताहरूले आ-आफ्नो विचार राखेका थिए। पहाडको सबैभन्दा ठूलो ट्राफिक जाम साथै यहाँको बाटो धेरै साँघुरो भएकोले जनसाधारणले धेरै दुःख भोग्नु परेको कुरोलाई मध्यनजर राखेर केन्द्र सरकारको गरेको पहलमा साथ सहयोग रहेको कुरो सभामा राखे भने यता पहाडी क्षेत्रहरूमा राष्ट्रिय राजमार्गसंग संलग्न ठेकादारहरूको मार्कालाई बुझेर कार्य गरिदिने संगठनले निवेदन गरेका छन्। संगठनले भावी कार्यक्रमको रणनीति के कस्तो हुनेछ त्यो दोस्रो सभामा जानकारी गराउने सभापति सञ्जीब सुब्बाले बताएका छन्।सभालाई विशेष कुन्दन तामाङ, पेबेन्द्र गुरूङ, शरण देवान, विशाल भुजेल, अदिप राई , रूपनारायण प्रधन, राजु शेर्पा, सांगे ग्लान लगायत अन्यले सम्बोधन गरेका थिए। सभालाई सञचालन दिपेश तामाङले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement