खरसाङ नगरपालिकाकोे क्याम्प साइडमा बाटो सुन्दरीकरणको कार्य सम्पन्न

photocollage_202555194626397

खरसाङ: खरसाङ नगरपालिकाले हालमा विभिन्न वार्डहरुमा विकास कार्यहरु गरिरहेको दाबी गरेका छन्।‌ यसै क्रममा खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ अन्तर्गत क्याम्प साइडमा नगरपालिकाद्वारा स्थानीयहरुको सुविधाको लागि हालैमा फुटपाथ र ड्रेन निर्माण कार्य पूरा गरेको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाद्वारा गरिएको विभिन्न विकास कार्यहरू अन्तर्गत वार्ड नम्बर १९ को क्याम्प साइड जाने बाटोमा टायल्स लगाएर बाटो सुन्दरीकरणको कार्य गरिएको जानकारी प्राप्त भएको छ।‌ उक्त फुटपाथ र ड्रेन निर्माण कार्य खरसाङ नगरपालिकाको तर्फबाट १४ लाख ५७ हजार ६ सय ८७ रुपियाँमा गरिएको जानकारी प्राप्त भएको छ।‌ उक्त क्षेत्रको वृध्द वृध्दाहरु, विद्यार्थीहरु साथै सर्वसाधारण जनतालाई हिँड्न सुविधा होस्‌ भनेर बाटोको सुन्दरीकरण गरिएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले बताए अनुसार यस क्षेत्रमा जीटीएद्वारा सार्वजनिक भवन पनि निर्माण गरेर जीटीए प्रमुख अनित थापाको बाहुलीबाट उदघाटन गरिएको जानकारी गराएका छन्‌‌। यस क्षेत्रको‌‌ बाटो सुन्दरीकरणको कार्य र सार्वजनिक भवन निर्माणको‌ लागि स्थानीयहरुले जीटीए‌ प्रमुख कार्यपाल अनित थापा र खरसाङ नगरपालिकाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement