ब्राउन सुगर बरामद गर्न झापा प्रहरीले चलायो गोली, कारोबारी भागा-भाग

IMG-20250505-WA0187

बिर्तामोड: झापा प्रहरीले हवाई फायर गरेर ठुलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ। घटनामा संलग्न कारोबारी भने फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
प्रहरीले विशेष सूचनाको आधारमा आज बिहान ८:४० बजेको समयमा कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङगा-झापा सडक खण्डमा शरणामतिबाट सुरुङगातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोजेका थिए। मोटरसाइकलमा सवार भएका कारोबारीले प्रहरीलाई देख्न साथ मोटरसाइकल र ब्याग छाडेर घटनास्थलबाट फरार भएका थिए। 
उनीहरूलाई पक्राउ गर्न प्रहरीले ३०३ राइफलबाट २ राउन्ड हवाई फायरसमेत गरेका थिए। तर, उनीहरू प्रहरीलाई चक्मा दिँदै त्यहाँबाट भाग्न सफल भए। उनीहरूले बोकेको ब्यागभित्र प्लास्टिकसहित २०४.०८० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। यता प्रहरीले ब्राउन सुगर ल्याउने कारोबारीको खोजी कार्य तीव्र बनाएको प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement