रोहिनी: रोहिनी भेटरन्स को तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। रोहिनी लेक मा आज खेलिएको म्याचमा बागडोग्रा भेटरन्सले महानदी भेटरन्सविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुमित टोप्पो र दिलीप टोप्पोले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ८ जूनमा खेलिनेछ।