अष्ट्रेलिया यात्रामा अन्तिम म्याच जित्न सफल भारतीय महिला हकी टीम

IMG-20250505-WA0179

पर्थ: भारतीय महिला हकी टीमले आइतवार आयोजक अष्ट्रेलियालाई १-० ले पराजित गऱ्यो। पर्थ हकी स्टेडियममा खेलिएको म्याचमा भारतको निम्ति स्ट्राईकर नवनीत कौरले २१औं मिनटमा गोल गरिन्। यसरी भारतले अष्ट्रेलिया यात्राको समापन जीतको साथ गऱ्यो। भारतले यात्रामा खेलिएको पहिलो दुईवटा म्याचमा अष्ट्रेलिया ए टीमविरुद्ध ३-५ र २-३ ले हारको सामना गर्नु परेको थियो। त्यसपछि अष्ट्रेलियाई सीनियर टीमविरुद्ध १ र ३ मईमा खेलिएको दुईवटा म्याचमा ०-२ र २-३-ले हारको सामना गर्नु परेको थियो। अष्ट्रेलिया यात्रामा भारतले पाँचौं तथा अन्तिम म्याचमा चाहिँ आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै जीत हासिल गऱ्यो। म्याचको पहिलो क्वार्टरमा अष्ट्रेलियाले दबाउ दिए पनि भारतको मजबूत डिफेन्स अघि उनीहरूको कुनै शीप चलेन। दोस्रो क्वार्टरमा ६ मिनटपछि उपकप्तान नवनीत कौरले भारतलाई अग्रता दिलाइन्। नवनीतले शनिवार भारतको २-३-ले हारको अवधि पनि गोल गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement