पैसाको बैग र मोबाइल छिनताई, दुइजना पक्राउ

IMG_20220913_154937.jpg

सिलगढी: दुर्गा पुजा शुरू हुन अघि नै सिलगढी शहरमा छिनताईको घटना बढ्न थालेको छ। आज सिलगढीमा उत्तर दिनाजपुर डीएम कार्यालयमा कार्यरत् डब्ल्यूबीसीएस अफिसरकी पत्नीसित पनि घटेको छ। प्राप्त जानकारी अनुसार, उक्त घटना भक्ति नगर थाना अन्तर्गत सेभोक रोडस्थित एउटा शपिङ मल अघि गत ११ सितम्बरको साँझ डब्ल्यूबीसीएस अफिसरकी पत्नी मिता महतोसित घटेको छ। दुर्गा पुजाको लागि शपिङ गर्न आएकी मिता महतो शपिङ मल अघि पुग्न साथ स्कूटीमा सवार दुईजना युवकले पर्स अनि मोबाइल छिनताई गरेर चम्पट कसे। तथापि तिनले घटनाबारे प्राथमिकी दर्ता गरे अनुसार भक्ति नगर थाना पुलिसले त्वारित कार्वाही गर्दै छिनताई गर्ने दुई जना चोरलाई गत राति पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बिक्रम राय र राजीव अधिकारी सामेल छन्। आज यी दुवै जनालाई जलपाइगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement