फ्रेञ्च ओपनः मेदवेदेव, टियाफो र कोर्डा दोस्रो राउण्डमा

photocollage_202252512111637.jpg

२५ मईः फ्रान्सिस टियाफोले पेरिसमा जारी फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टमा आफ्नो सातौं प्रयासमा पहिलो जीत दर्ता गरी पुरुष एकलको दोस्रो राउण्डमा स्थान बनाए। अमेरिकाका टियाफोले रोलाँ ग्यारोमा ६ पल्ट पहिलो राउण्डमा हारेपछि यसपाली चाहिँ बेञ्जामिन बोञ्जी विरुद्ध ७-५, ७-५, ७-६ (५)-ले जीत दर्ता गरे। विश्वका २४औं नम्बरका खेलाड़ी टियाफोले फ्रान्सका प्रतिद्वन्द्वी विरुद्ध २३ ब्रेक पोइण्टमा केवल पाँचवटालाई जीतमा बद्लिए तर त्यो उनलाई दोस्रो राउण्डको टिकट दिलाउन पर्याप्त साबित भयो। दोस्रो राउण्डमा टियाफोको भिड़न्त बेल्जियमका डेविड गोफिनसँग हुनेछ। फ्रान्सका अनुभवी खेलाड़ी विल्फ्रेड सोंगा चाहिँ पहिलो राउण्डमै पराजित भए। उनलाई आठौं वरीयता प्राप्त कास्पर रुडले ६-७ (६), ७-६ (४), ६-२, ७-६ (०)-ले पराजित गरे। पेशादार सर्किटमा सोंगाको यो सम्भवतः अन्तिम म्याच थियो कारण यस ३७ वर्षीय खेलाड़ीले अगावै फ्रेञ्च ओपनपछि सन्न्यास लिने घोषणा गरिसकेका छन्। सोंगाले आफ्नो १८ सालभन्दा अधिकको करियरको अवधि १८ वटा खिताब जिते अनि करियरको सर्वोच्च पाँचौं ऱ्यांकिंग हासिल गरे। उनी २००८-मा अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका थिए। उनको नाममा फ्रान्सका खेलाड़ीहरूमा ग्राण्ड स्ल्याम टुर्नामेण्टहरूमा सर्वाधिक १२१ वटा जीतको रेकर्ड रहेको छ।

सबेस्टियन कोर्डाले पनि अष्ट्रेलियाका अनुभवी जन मिलम्यानलाई ६-१, ७-५, ७-६ (६)-ले पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरे। डेनमार्कका किशोर खेलाड़ी होल्डर रुनेले पहिलो राउण्डमा १४औं वरीयता प्राप्त कनाडाका डेनिस शापोवालोवलाई ६-३, ६-१, ७-६ (४)-ले उलटफेरको शिकार बनाए। यसबीच रुसका स्टार खेलाड़ी डेनिल मेदवेदेवले पनि सजिलै जीत हासिल गरी दोस्रो राउण्डमा स्थान बनाए। अमेरिकी ओपन च्याम्पियन दोस्रो वरीयता प्राप्त मेदवेदेवले अर्जेण्टिनाका फाकुण्डो बाग्निसलाई सीधा सेटमा ६-२, ६-२, ६-२-ले पराजित गरे। लगभग दुई महिना अघि हर्नियाको सर्जरीपछि मेदवेदेवको यो पहिलो जीत हो। सर्जरीपछि कोर्टमा फर्किएर मेदवेदेवले गत हप्ता जिनेवा ओपनको पहिलो राउण्डमै हारको सामना गर्नु परेको थियो। फ्रेञ्च ओपनको पहिलो राउण्डमा लगातार चारपल्ट हारको सम्मुखीन भएपछि मेदवेदेव गत वर्ष रोलाँ ग्यारोमा क्वार्टर फाइनलसम्म पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement