एमालेनिकट इत्तेहादको अध्यक्षमा हारुन र महासचिवमा राज महम्मद चयन

IMG-20250505-WA0039

झापा: नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा मोहम्मद हारुन हलुवाई निर्वाचित भएका छन्।
नेपालगन्जमा सम्पन्न ७ औं महाधिवेशनबाट अध्यक्षमा हलुवाई र महासचिवमा राजमहमद मियाँ निर्वाचित भएका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलद्वारा उद्घाटित महाधिवेशन ६५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ भने ३४ जनालाई मनोनित गरिने अध्यक्ष हलुवाईले बताए।
संगठनको उपाध्यक्षमा तैयव अन्सारी, उपाध्यक्ष महिलामा सजिदा सिद्दिकी सर्वसम्मत भएका छन् भने महासचिवको जिम्मेवारी राजमहम्मद मियाँले पाएका छन्। त्यसैगरी उपमहासचिवमा जबुल मियाँ,सचिवमा: संगठन हलिम मियाँ, प्रचार रियासत लिमी, विदेश सुलेमान मियाँ, अर्थ अब्दुल करिम खाँ चयन भएका छन्।
सातै प्रदेशबाट २५ जना
मधेश र लुम्बिनीबाट ३/३ पुरुष र २/२ महिला गरि जम्म १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरि १५ जनालाई चयन गरिएको छ।
त्यसैगरी खुला तर्फ ३१ सिट मध्ये २० पुरुष र ८ महिला सहित २८ जनालाई सर्वसम्मत गरिएको छ। महिलातर्फको ३ जनाको नाम पछि थपिने बताइएको छ।
महाधिवेशनबाट सर्वसम्मत भएका सदस्यहरुमा रौशन परबिन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ, मोहम्मद रफिक, समिना मियाँ, गैंडा खान, मोहम्मद निजामुद्दिन हक रहेका छन्।
त्यसैगरी रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई सदस्य चयन भएका छन्।
९९ सदस्यीय कमिटीमा ६५ जना चयन भएको छ भने  ३४ जना पछि मनोनीत गर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement