आर्थिक सहयोका निम्ति धन्यबाद साथै आर्थिक सहयोगको अपिल

IMG-20220913-WA0113.jpg

गोरुबथान: लुङसेल दोरिङ निवासी भुवनसिंग ठकुरीको पत्नी सन्तमित लेप्चा (ठकुरी)को ब्रैनमा(मस्तिष्क) दुवैपट्टि ट्यूमर भएको छ। हालमा उहाँ बेंगालुरु सि एम. सी. अस्पतालमा उपचार गराइरहनु भएको छ। उनको बिमार गम्भीर भएको कारण धेरै खर्च लाग्ने भएको परिवार पक्षले बताएको छ। यसको निम्ति गोरुबथानमा स्थित सन्त फ्रान्सिस अशिशी विद्यालयको पक्षबाट साथै हाम्रो पार्टीको पक्षबाट आर्थिक सहयोग प्राप्त भएपछि नुप छिरिङ लेप्चाले धन्यबाद टक्राएका छन्। साथै उनले आर्थिक सहयोगको निम्ति अपिल पनि गरेका छन्।इच्छुक व्यक्तिहरूले नुप छिरिङ लेप्चासित सम्पर्क गर्न सक्नुहुन्छ।उनको चलभाष संख्या ७४७७७-८४४८१ रहेका छन्।

परिवारको आर्थिक अवस्था राम्रो नभएकोले कारण उहाहरुलाई उपचार गराउन धेरै समस्या भइरहेको छ। परिवारको आर्थिक धरातल दह्रिलो नभएको कारण हजुरहरूलाई आर्थिक सहयोगको हात बढाइदिने अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement